हेटौंडामा डेंगुका बिरामी बढे

हेटौंडामा डेंगुका बिरामी बढे

हेटौंडा : बागमती प्रदेशको राजधानी हेटौंडालगायत मकवानपुरमा लामखुट्टेको टोकाइबाट हुने डेंगु सङ्क्रमणका बिरामीको सङ्ख्या बढेको छ। 

हालसम्म सात सय २१ जना डेंगुका बिरामी फेला परेका जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ।
 

सात सय २१ डेंगुको बिरामीमध्ये ५० प्रतिशत हेटौंडा उपमहानगरपालिका-४ मा रहेको सो कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले बताए। 

यस वडाका घरघरमा डेंगुलगायत ज्वरोका बिरामी रहेको बताइएको छ। त्यस्तै  हेटौंडा वडा नं ५, ९ र १० लगायत मकवानपुरगढी र मनहरी गाउँपालिका पनि डेंगुबाट प्रभावित छ।
 
डेंगुलगायत ज्वरोका दैनिक एक सय ५० भन्दा बढी बिरामी हेटौंडा अस्पताललगायत अन्य नर्सिङहोम तथा निजी अस्पतालमा उपचारका लागि आउने गरेको छ। यस्तो अवस्थामा हेटौंडा सरकारी अस्पतालमा डेंगु जाँच्ने कीटसमेत नरहेको बिरामीको गुनासो रहेको छ।
 
उक्त अस्पतालमा उपचारका लागि आउने बिरामीलाई कीट छैन भनी बिरामीलाई फर्काउने गरेको बताइएको छ। त्यहाँ उपचार नपाएपछि बिरामी आत्तिएर मकवानपुर सहकारी अस्पताल, चितवन अस्पताल र काठमाडौं उपचारका लागि जाने गरेको बताइएको छ। 

साउन तेस्रो हप्तामा प्रथम पटक २८ जनामा यो रोग फेला परेको र त्यसपछि सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको जनस्वास्थ्य कार्यालयले जनाएको छ।
 
हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रामचन्द्र सापकोटाले अस्पतालमा डेंगुलगायत ज्वरोका बिरामी बढेको तर कीटको अभाव भएको बताए। यो रोग लागेमा ज्वरो आउने, टाउको दुख्ने तथा पेट दुख्ने, बान्ता हुने गरेको प्रथम लक्षण रहेको छ। यसमा बिरामीको प्लेटलेस कम हुन्छ।

उता हेटौंडा उपमहानगरपालिकाले डेंगुबाट बच्न सरसफाइमा जोड दिन माइकिङ गरिरहेको तर नियन्त्रण गर्ने उपाय नगरेको हेटौंडा-४ का सीताराम अधिकारीले गुनासो गरे। गत आर्थिक वर्ष २०७८/७९ मा मकवानपुर जिल्लामा एक सय ९५ मा डेंगु फेला परेको थियो।
 
यसैबीच मकवानपुर जिल्लामा जापानी इन्टेफ्लाइटिस रोगबाट तीन जनाको मृत्यु भएको छ। उक्त लामखुट्टेको सङ्क्रमणबाट हुने सो रोगका कारण हेटौंडा उपमहानगरपालिका-३ का एक जना पुरुष र बकैया गाउँपालिका- ७ का दुई जना पुरुषको मृत्यु भएको सो कार्यालयबाट बुझिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.