गण्डकी गाउँपालिकाको कार्यालय तोमनडाँडामा सारियो

गण्डकी गाउँपालिकाको कार्यालय तोमनडाँडामा सारियो

गोरखा : गण्डकी गाउँपालिकाले प्रशासकीय काम गर्ने कार्यालय तोमनडाँडा स्थानान्तरण गरेको छ। यसअघि अस्थायी रुपमा कार्यालय सञ्चालन भइरहेको ओखलडाँडाबाट बुधबार तोमनडाँडामा स्थानान्तरण गरिएको गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिए।

स्थानान्तरण गरिएको कार्यालय अध्यक्ष तिमिल्सिना र उपाध्यक्ष ललिता अधिकारीले एक समारोहका बीच उद्घाटन गरेका थिए। उद्घाटन समारोहमा सबै पार्टीका पालिका स्तरका नेता, कार्यपालिका सदस्यहरु र सर्वसाधारणहरुको सहभागिता रहेको थियो।

केही दिनअघिको कार्यपालिका बैठकले निर्णय गरेर कार्यालय बुधबारदेखि तोमनडाँडामा स्थान्तरण गरेको तिमिल्सिनाले जानकारी दिए।

राजमार्गबाट पनि नजिक पर्ने र यसअघिको कार्यालय भन्दा तोमनडाँडाको कार्यालय सबै वडाहरुबाट सुगम भएकाले स्थानान्तरण गरिएको उनले बताए।

हाललाई विद्यालयको नाममा रहेको तर उपयोग नभएको भवन र तरकारी संकलन केन्द्रका लागि निर्माण गरिएको भवनबाट सेवा दिने उनले बताए। भवन निर्माणका लागि यथेष्ट बजेट प्राप्त भइरहे पनि स्थानको बिषयमा विवाद हुँदा बिगत पाँच बर्षदेखि कार्यालय भवन निर्माण हुन सकेको थिएन। विवादकै कारण भवन निर्माणका लागि आव्हान गरिएको टेण्डर पनि स्थगित गरिएको थियो।

तोमनडाँडामा जग्गा प्राप्त भएपछि नयाँ टेण्डर प्रक्रिया सुरु गरी भवन निर्माण गर्ने अध्यक्ष तिमिल्सिनाले बताए। ‘स्थानीयबासीबाट निशुल्क रुपमा जग्गा प्राप्त हुने भएको छ’, उनले भने, ‘जग्गा प्राप्त भएपछि


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.