लोसपाको रुपन्देही-४ (क) बाट कन्हैया बनियाँ सिफारिस

लोसपाको रुपन्देही-४ (क) बाट कन्हैया बनियाँ सिफारिस

भैरहवा : लोकतान्त्रिक समाजवादी पार्टी नेपालले रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ (क) बाट लुम्बिनी प्रदेश सभा सदस्य उम्मेदवारका लागि कन्हैया बनियाँको नाम सर्वसम्मत सिफारिस गरेको छ । 

लोसपाको रुपन्देही -४ को क्षेत्रिय समितीको बैठकले कन्हैयाँको नाम सर्वसम्मत उम्मेदवारको रुपमा सिफारिस गरेको क्षेत्रिय अध्यक्ष गणेश पालले बताए । सर्वसम्मत एकल नाम सिफारिस गरिएकोले उक्त क्षेत्रमा उनी नै उम्मेदवार हुने देखिएको छ ।

कन्हैया समाजसेवी युवा हुन् । उम्मेदवार सिफारिस भएको ४(क) मर्चवार क्षेत्र अन्तर्गत पर्छ । मर्चवार रुपन्देहीको विकट क्षेत्र मानिन्छ । ०७४ को निर्वाचनमा काँग्रेस उम्मेदवार विजयी भएको क्षेत्रमा लोसपाले आफ्नो झण्डा गाड्नका लागि शिक्षित युवालाई चुनावी मैदानमा उतार्ने निर्णय गरेको हो ।

चिनमा समेत गरी उच्च शिक्षा हासिल गरेका उनले व्यक्तिगत खर्चमा वर्षाै देखि समाज सेवा गर्दै आएका छन् ।
 
एक महिना अघि पानीको अभावमा खेतमा धानको रोपे पहेलिन थालेपछि तीनै तहको सरकारले नगरेको काम उनले सिचाईको लागि निर्मित नहरको व्यक्तिखर्चमा सरसफाइ गराएर किसानको खेतसम्म पानी पुराएर उनीहरुको अनुहारमा मुस्कान छरेका थिए ।

मर्चवार कृषि क्षेत्र हो र यहाँका वासिन्दाको मुख्य आय स्रोतनै कृषि हो । वर्षा नभएपछि धान उत्पादन नहुने चिन्तामा रहेको बेला उनले किसानको खेतखेतमा पानी पुर्‍याएका थिए ।

आर्थिक अवस्थाले सम्पन्न उनले एम्बुलेन्सको अभावमा  गाउँघरका विरामीलाई आफ्नै गाडीमा सहरको अस्पताल लगेर उपचार गराउने देखि लिएर विकासका लागि व्यक्तिगत रुपमा विभिन्न निकायमा पहल गरी विकास समेतमा सहयोग पुर्याउँद‌ै आएका छन् । उनी ०७४ को निर्वाचनमा उम्मेदवारी दिएर चुनावमा होमिदा दोस्रो स्थानमा रहेका थिए ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.