जनार्दन शर्माद्वारा उपमहासचिव अस्वीकार

जनार्दन शर्माद्वारा उपमहासचिव अस्वीकार

काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले पार्टीले दिएको उपमहासचिव  पद अस्वीकार गरेका छन्। उनी महासचिव पद नपाएर असंतुष्ट थिए।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल उपस्थित रहेको पार्टी निकट विद्यार्थी संगठनको कार्यक्रममा उनले नेतृत्वको चर्को आलोचना गरे। नेतृत्व स्वार्थी समूहको जालमा फसेको आरोप लगाए। नेता शर्माले पद अस्वीकार गरेपछि आसन्न प्रदेशसभा र प्रतिनिधिसभाको चुनावको मुखमा  माओवादी पार्टी विवादको भुमरीमा परेको छ। नेता शर्माले पद अस्वीकार गरेसँगै पार्टीभित्रको विवाद छताछुल्ल भएको हो।

‘म उपमहासचिवको हैसियतले होइन। पार्टीको संगठन विभागको प्रमुखको हैसियतले सम्बोधन गर्दैछु’, नेता शर्माले अध्यक्ष दाहाललाई पार्टीले दिएको पद अस्वीकार गर्दै भने, ‘म प्रचण्डको आलोचक हुँ। आलोचना गर्छु। आलोचनाले नेतृत्वको रक्षा हुन्छ। चाकरीले हुँदैन।’  नीति र नेतृत्वलाई रक्षा गर्ने मान्छे आफू रहेको बताउँदै उनले थपे, ‘तर, नीति र नेतृत्व सही ढंगले अगाडि बढ्नुपर्छ।’ पार्टी नेतृत्व अरूको कुरा सुनेर निर्णय लिने गरेको नेता शर्माले आरोप लगाए। ‘अरूको कुरा सुनेर नीति र निर्णय लिनु हुँदैन। सत्य, तथ्यको नजिक पनि पुग्नुपर्छ’, उनले अध्यक्ष दाहाल देखाउँदै भने, ‘अध्यक्षको कडा आलोचक मै हुँ। उहाँको रक्षा र संरक्षण गर्ने पनि मै हुँ। नीति र नेतृत्वको रक्षा गरिएन भने आन्दोलन पनि अगाडि बढ्दैन।’

अर्थमन्त्रीसमेत रहेका शर्मा माओवादीको ८औं महाधिवेनमा महासचिवका आकांक्षी थिए। यसै पदका लागि वर्षमान पुनले पनि दाबी प्रस्तुत गरेका थिए। महाधिवेशन भएको ९ महिनासम्म दुवै नेता अडानबाट पछि नहटेपछि भदौं ४ गते बसेको स्थायी कमिटीको बैठकबाट पार्टी अध्यक्ष दाहालले देव गुरुङलाई महासचिव बनाए। नेता शर्मा र पुनलाई उप–महासचिव बनाइएको थियो। पार्टी निर्णय गरेको १८ दिनपछि नेता शर्माले आफ्नो  असन्तुष्टि पोख्दै सार्वजनिक कार्यक्रममा बुधबार दाहालको खोइरो खनेका थिए। पार्टी अध्यक्ष दाहालले नेता शर्मालाई जवाफ फर्काएका थिए। 

‘अब मेरो सपना राम्रो उत्तराधिकारी तयार होऊन्’, अध्यक्ष दाहालले उपमहासचिव पदबारे भने, ‘तिनले पार्टीलाई एकताबद्ध गरेर लैजाऊन्। तमाम क्रान्तिकारीलाई सही स्कुलिङ गरुन्। र, हाम्रो विरासत, हाम्रो क्रान्तिकारी परम्परालाई अगाडि बढाउन्। ठूलो छाती लिएर सबै अगाडि बढून् भन्ने छ’, जनार्दनको रक्षा र विकासमा आफ्नो मुख्य भूमिका रहेको उनले उल्लेख गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.