डेंगुका कारण दार्चुलामा ५ वर्षीया बालिकाको मृत्यु

डेंगुका कारण दार्चुलामा ५ वर्षीया बालिकाको मृत्यु

दार्चुला : डेंगु संक्रमणका कारण दार्चुलामा ५ वर्षीया एक बालिकाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा मालिकार्जुन गाउँपालिका-४ हुनैनाथकी उषा धामी रहेको गाउँपालिकाका स्वास्थ्य संयोजक गुणराज ओझाले बताए। उनले भने, 'ती बालिकालाई एक हप्ता पहिले एक्कासि ज्वरो आएको तथा भदौ २० गते जिल्ला अस्पताल दार्चुला ल्याएर चेकजाँच गर्दा डेंगु र स्क्रब टाइफसको संक्रमण देखायो।'  

संक्रमण देखिना साथ अस्पतालले भर्ना गरेर उपचार गर्ने सुझाव दिएको भएपनि आफन्तहरूले भर्ना गरेर उपचार गर्न नमानेका अस्पतालले जनाएको छ। 

  
आफन्तहरूले अन्य ठूला अस्पतालमा लैजाने बताएर बालिकालाई पुनः घरमै लगेको खुल्न आएको छ। बालिकालाई ज्वरोले झन च्याप्न थालेपछि शंकरपुर स्वास्थ्य चौकीमा भर्ना गरेर उपचार गराइरहेको अवस्थामा आज बिहान ५ बजेतिर उनको ज्यान गएको बताइएको छ। 

संक्रमणका कारण शरीरमा पानीको मात्रा कम हुने, सेतो रगतको मात्रा कम हुने तथा रक्तसञ्चार प्रणालीमा प्रत्यक्ष असर भएर बिरामीको मृत्यु हुने गरेको जिल्ला अस्पतालका प्रमुख डा. आदर्श लिम्बुले बताए। उनले भने, ' एडिस एजिप्टाइ र एडिस एल्बोपिक्टस जातको पोथी लामखुट्टेको टोकाइबाट डेंगु सर्ने गर्छ।'

यो लामखुट्टेले दिनमा टोक्ने भएकाले त्यसबाट जोगिन पुरै शरीर ढाकिने गरी लुगा लगाउने बानी गर्नुपर्छ। डेंगुको संक्रमण भएमा उच्च ज्वरो आउने, जोर्नी र मांशपेशीहरू बेस्सरी दुख्ने, आँखाको गेडी दुख्ने, टाउको दुख्ने, शरीरमा राता बिमिराहरू आउने र वाकवाकी लाग्ने वा वान्ता हुने जस्ता लक्षणहरू देखा पर्ने उनको भनाइ छ।

जिल्लामा हालसम्म ३९ जनामा डेंगुको संक्रमण पुष्टि भएको जिल्ला अस्पतालले जनाएको छ। जिल्लाको महाकाली नगरपालिकाका २७ जनामा डेंगुको संक्रमण देखिएको छ भने मालिकार्जुन गाउँपालिकाका तीन जना, अपिहिमाल गाउँपालिकाका दुई जनामा डेंगुको संक्रमण देखिएको छ। 

यस्तै नौगाड गाउँपालिकाका दुई जना, दुहुँ गाउँपालिकाका तीन जना र ब्याँस गाउँपालिकाका दुई जनामा डेंगुको संक्रमण देखिएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.