प्रधानाध्यापक हटाउन प्रर्दशन
महोत्तरी : प्रधानाध्यापक हटाउनुपर्ने माग गर्दै राष्ट्रिय मावि सम्सीका विद्यार्थीहरू आन्दोलित भएका छन्।
विद्यालयका प्रधानाध्यापक रामबाबु यादवले विद्यालयको शैक्षणिक गतिविधिप्रति खासै ध्यान नदिएको भन्दै विद्यार्थीहरू बिहीबार कार्यालयमा तालाबन्दी गर्दै सडकमा उत्रेका हुन्।
हात हातमा विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका विद्यार्थीहरूले हेडसरविरुद्ध नारावाजी गरेका थिए। विद्यार्थी नआएपनि उनीहरूको हाजिरी शिक्षक आफैंले मनोमानी ढंगले बनाइदिने गरेको विद्यार्थीले आरोप लगाएका छन्।
पोसाक (ड्रेस ) उपलब्ध नगराइएको र पुस्तकहरू प्रधानाध्यापकले अन्तै बेच्ने गरेको आरोप लगाएका छन्। ५ वर्ष अघिदेखि निरन्तर विद्यालयको स्थिति सुधारका निम्ति आन्दोलन गर्दै आएपनि स्थानीय तहले कुनै सुनुवाइ नगरेको विद्यार्थीले गुनासो गरे। साथै माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने र पठनपाठन ठप्प पार्ने उनीहरूले चेतावनी दिएका छन्।
यता, सम्सी गाउँपालिका वडा न. २ का वडाध्यक्ष शेष अन्जारेले विद्यार्थीको समस्या समाधानका लागि आफूले सक्दो पहल गर्ने बताएका छन्। विद्यालय लामो समयदेखि व्यवस्थापन समितिविहीन रहेको छ।
प्रतिक्रिया दिनुहोस !