दार्चुलामा बाढीको बितण्डा : डेढ दर्जन घर बगे, एक जनाको उद्धार

दार्चुलामा बाढीको बितण्डा : डेढ दर्जन घर बगे, एक जनाको उद्धार

दार्चुला : शुक्रबार रातिदेखिको अविरल बर्षाले दार्चुला सदरमुकाम खलंगाको बंगाबगड क्षेत्रमा क्षति गरेको छ। बंगाबगडको दशरथनगर स्कुलसँगै जोडिएका रोड तल तिरका सबै घर बाढीले बगाएको हो।

बाढीले करिब डेढ दर्जन घरहरू बगाएको छ। कटान अझै जारी रहेकोले बाङगाबगड क्षेत्रमा जोखिम बढेको छ। बाढीले दार्चुला टिकंर सडकमा पर्ने लास्कुखोला माथिको मोटर पुल बगाएको छ। 

लास्कु खोलाको बीचमा फसेका एक जना व्यक्तिको सुरक्षाकर्मीले उद्धार गरेका छन्। घटनास्थलमा उद्दार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ। घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख एवम् प्रहरी निरीक्षक जगत गाहा मगरले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.