ट्रकको ठक्करबाट आमाको मृत्यु, छोरीसहित तीनजना घाइते

ट्रकको ठक्करबाट आमाको मृत्यु, छोरीसहित तीनजना घाइते

झापा : भद्रपुरको देउनियाँ पुलमा इँटा बोकेको ट्रकले पैदलयात्री आमा–छोरीलाई ठक्कर दिँदा आमाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–२ गैरीगाउँ निवासी २३ वर्षीया तुलसा खवास (तामाङ) रहेको प्रहरी कार्यालय झापाले जनाएको छ । 

ट्रकको ठक्कर ठक्करबाट मृतककी २ वर्षीया छोरी लुपुसमङ गम्भीर घाइते छन् । मेची अस्पताल भद्रपुरमा उपचार सम्भव नभएपछि  थप उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल पठाएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार कचनकवलबाट प्रेम इँटा बोकेर पाँचथर जाने क्रममा सोमबार दिउँसो भद्रपुरस्थित ज्ञानेचोक नजिकैको देउनियाँ पुलमाथि प्र–१–०१–००१ ख ३६५९ नम्बरको ट्रकले पैदलयात्री आमा–छोरीलाई ठक्कर दिएको थियो । 

ट्रक अनियन्त्रित भई पुलमाथिबाट तल खसेको थियो । ट्रकमा सवार दुई कामदार घाइते भएका छन् । घाइतेहरू बिर्तामोड–२ निवासी बुद्धलाल राजवंशी र सोही ठाउँका अनिल हाँस्दा रहेका छन् । उनीहरूलाई बीएण्डसी अस्पताल उपचारका लागि पठाइएको छ । 

यता ट्रक चालकलाई वडा प्रहरी कार्यालय भद्रपुरले नियन्त्रणमा लिएको छ ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.