बेलायती राजा चार्ल्स तृतीयले गरे संसदमा पहिलो सम्बोधन

बेलायती राजा चार्ल्स तृतीयले गरे संसदमा पहिलो सम्बोधन

लण्डन : बेलायती राजा चार्ल्स तृतीयले सोमबार पहिलो पटक संसदलाई सम्बोधन गरेका छन्। बेलायती महारानी एलिजाबेथ द्वितीयको गत साता निधन भएपछि उनलाई बेलायतको नयाँ राजाको रूपमा घोषणा गरिएको थियो ।

सेन्ट जेम्स प्यालेसबाट गरेको आफ्नो सम्बोधनमा उनले आफ्नी स्वर्गीय आमा महारानी एलिजाबेथ द्वितीयाप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्। उनले महारानीको उत्तराधिकारीका रूपमा पाएको ‘महान विरासत, सार्वभौमिकताको कर्तव्य र भारी जिम्मेवारी’हरू आफूमा हस्तान्तरण गरिएको जानकारी सम्बोधनका क्रममा संसदलाई दिए। 

भेला भएका महानुभावहरूलाई सम्बोधन गर्दै राजा चार्ल्सले आफ्नी आमाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै ने, 'मेरी प्यारी आमा महारानीको मृत्युको घोषणा गर्नु मेरो कर्तव्य हो । बेलायतकी महारानी एलिजाबेथको ९६ वर्षको उमेरमा बिहीबार अपराह्न बालमोरल क्यासलमा निधन भएको थियो ।' 

उनले भने, 'मेरी आमाको शासनकाल यसको अवधि, समर्पण र भक्तिमा असमान थियो । दुःखी हुँदा पनि हामी यस अत्यन्तै विश्वासी जीवनको लागि धन्यवाद दिन्छौं । म यस महान् विरासत र सार्वभौमिकताको कर्तव्य र जिम्मेवारीहरूको बारेमा  सचेत छु । जिम्मेवारी अहिले मलाई हस्तान्तरण गरिएको छ । यी जिम्मेवारीहरू सम्हाल्दै, म संवैधानिक सरकार कायम गर्न र यी टापुहरू र कमनवेल्थ क्षेत्रहरूको विश्वभरिका मानिसहरूको शान्ति, सद्भाव र समृद्धि खोज्नको लागि मैले स्थापित गरेको प्रेरणादायी उदाहरण पछ्याउने प्रयास गर्नेछु ।'  

गत हप्ता भएको ९६ वर्षीया महारानीको निधले सात दशक लामो शासनको अन्त्य गरेको छ ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.