सञ्चारकर्मीको घरबाट मोटरसाइकल चोरी

सञ्चारकर्मीको घरबाट मोटरसाइकल चोरी

महोत्तरी : नेपाल टेलिभिजनका जिल्ला संबाददाता राजीव कुमार रायको घरबाट मोटरसाइकल चोरी भएको छ। गएराति उनको घर गौशाला नगरपालिका-१२ पडरियास्थित घरमा पार्किङ गरी राखिएको प्रदेश नं.२-०३-१२प ७३२८ नम्बरको मोटरसाइकल चोरी भएको हो।

बाराका सन्तोष यादवको नाममा रहेको सो मोटरसाइकल घरबाटै चोरी भएको पत्रकार रायले बताए। उनले भने, ‘आफ्नो गाडी केही दिन बिग्रिएर ग्यारेजमा बनाउनको लागि दिएको थियो। केहीदिनदेखि वारास्थित साथीको बाइकमै चढेर नियमित रुपमा समाचार संकलनको काम गर्थ्यो। हिजो राति पनि समाचार संकलन गरी मोटरसाइकल आँगनमा राखिएको समयमा मध्यरातिमा चोरी भएको हो।’

आफूले व्यापकरुपमा खोजविन गर्दासमेत नभेटाएपछि खोजबिन गरिदिनका लागि सम्बन्धित निकायमा जानकारी गराइसकेको पत्रकार रायले बताए। यस सम्बन्धमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.