बुढेसकालमा फेरि आँखाको ज्योति

बुढेसकालमा फेरि आँखाको ज्योति

इलाम : इलामको सूर्योदय नगरपालिका-६ तारगाउँका टेक बहादुर गुरुङले ७९ वर्षको उमेरमा फेरि प्रष्ट उज्यालो हेर्न अवसर पाए। 

चार वर्षदेखि आँखा राम्रो नदेख्ने, रिंगटा लाग्ने लगायतका समस्या खेप्दै गरेका उनले ठूलो अस्पताल नपुगी नजिकमै सेवा पाएपछि भने 'जसले यो सेवा दियो त्यसले पुन्य कमायो।'

उनी मात्रै हैन सूर्योदय नगरपालिकाको फिक्कलमा तीन दिनसम्म सञ्चालन भएको शिविरको दोस्रो दिन शनिबारसम्ममा एक सय ५० भन्दा बढीले सेवा लिइसकेका छन्। तेस्रो दिन (भोलि)सम्ममा दुई सय ३० भन्दा बढीले यस्तै सेवा पाउने छन्।। 

सूर्योदय नगरपालिका र नेपाल नेत्र ज्योती संघ जिल्ला शाखा इलामको आयोजना र विराटनगर आँखा अस्पताल र आँखा तथा कान उपचार केन्द्र फिक्कलको प्राविधिक सहयोगमा शुक्रबार (हिजो) देखि शिविर सुरु भएको हो। 

शिविरमा मोतियाविन्दु, आँखामा परेला भाँसिएको, आँखामा मासु पलाएको समस्याको अप्रेसन गरेको विराटनगर आँखा अस्पतालका डाक्टर प्रज्ञा लुईटेलले जानकारी दिए। 

बिरामीहरूमा अघिकांश जेष्ठ नागरिकहरू रहेको डा. लुईटेलले जानकारी दिए। 

अप्रेसन गर्नुपर्ने बिरामीको छनौटका लागि नगरका १४ वटै वडामा वडास्तरीय शिविर सञ्चालन गरेको सूर्योदय नगरपालिकाका मेयर रण बहादुर राईले जानकारी दिए। 

उनले भने 'वडाको शिविरमा आँखामा अप्रेसन गर्नुपर्ने समस्या देखिएका बिरामीहरूको छनौट गरेपछि निःशुल्क आँखा अप्रेसन शिविर सञ्चालन गरेका हौ।' 

राईका अनुसार नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले नेपाल नेत्र ज्योती संघसँगको सहकार्यमा शिविर सञ्चालन गरिएको हो। 

निःशुल्क स्वास्थ्य शिविरबाट बिरामीको एक करोड हाराहारीमा खर्च जोगिएको संघका सहसचिव प्रकाश भट्टराईले बताए। 

उनका अनुसार अस्पताल खर्च, आवाससहित एक जनाको उपचारका तीस हजार रुपयाँको हाराहारीमा खर्च आउने गरेको छ। 

इलाममा आँखाको सहज उपचारका लागि अस्पतालको व्यवस्था छैन। जेष्ठ नागरिकका लागि झापा वा मोरङमा अस्पतालमा पुगेर उपचार गर्नुपर्ने बाध्यता छ। 

पहाडको ग्रामीण भेगमा बस्ने जेष्ठ नागरिक र बालबालिकाका लागि हावापानी, यातायात, आवास लगायतका समस्याले आँखाको उपचार निक्कै महंगो र असहज हुने गरेको छ। 

हरेक व्यक्तिमा केहिन केहि आँखाको समस्या देखिए पनि स्वास्थ्य सेवा लिन कठिन भएकै कारण शिविर सञ्चालन गर्दै आएको संघका इलाम अध्यक्ष इन्द्र फुयालले जानकारी दिए। 

संघले इलामका अन्य गाउँपालिकामा पनि शिविर सञ्चालन गर्ने तयारी गरेको अध्यक्ष फुयालले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.