समानुपातिकतर्फको बन्दसूची बुझाउने आज अन्तिम दिन, १० दलले बुझाए सूची
काठमाडौंः निर्वाचन आयोगले अहिलेसम्म १० दलले समानुपातिक तर्फको बन्दसूची पेश गरेको जनाएको छ ।
आयोगले आगामी मंसिर ४ मा हुने निर्वाचन प्रयोजनका लागि असोज २ र ३ गते समानुपातिकतर्फको बन्दसूची बुझाउने समयावधि तोकेको छ। बन्दसूचीको आज अन्तिम दिन हो।
आयोगका अनुसार आइतबार ९ दलले बन्दसूची पेश गरेका थिए । आज अहिलेसम्म एक राजनीतिक दलले मात्रै बन्दसूची बुझाएको छ ।
यस्तै आजै नेपाली कांग्रेस (वीपी), मंगोल नेशनल अर्गनाइजेसन, जनता प्रगतिशिल पार्टी, पिछडा वर्ग दलीत जनजाती पार्टी बन्दसूची बुझाउँदैछन्।
यस्तै, खुम्बुवान राष्ट्रिय दलित मोर्चा नेपाल, बहुजन एकता पार्टी, राष्ट्रिय नागरिक पार्टी, एकीकृत शक्ति नेपाल, नेकपा(माओवादी केन्द्र) र समाजवादी पार्टी,नेकपा मार्क्सवादी (पुष्पलाल) र नेपाल सद्भावना पार्टीले बन्दसूची बुझाउँदैछन् ।
प्रतिक्रिया दिनुहोस !
२