'तीन जना अध्यक्ष हुँदा मुख देखाउनै लाज भइसक्यो'

'तीन जना अध्यक्ष हुँदा मुख देखाउनै लाज भइसक्यो'

लण्डन : गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेमराज शर्माले तीन जना अध्यक्ष हुँदा मुख देखाउनै लाज भइसकेको बताएका छन्। 

नेपाली प्रवासी मञ्च अन्तर्राष्ट्रिय समितिले आइतबार गरेको कार्यक्रमलाई सम्बोधन गर्दै डा. शर्माले अहिले संघभित्र तीनजना अध्यक्ष हुँदा समाजमा मुख देखाउनसमेत नसकिने अवस्था रहेको बताए। 

वर्तमान विधानमा न्यूनतम सहमति गरेर निर्वाचनको सुनिश्चितता गर्न उनले आग्रह गरे। साधारण सदस्यबाटै नेतृत्व चयन हुनुपर्ने पक्षमा रहेको उनले बताए। 

उनले सन् २०२३ मा संघको नेतृत्वका लागि निर्वाचन गर्न नसके संस्था नै विघटन हुने बताए। 

पूर्वाधार र क्षेत्रीय सन्तुलनको आधार तयार गरेपछि प्रत्यक्ष साधारण सदस्यहरूले नेतृत्व चयन गर्ने गरि मतदान गर्नुपर्ने उनको भनाइ छ। 

अहिलेकै विधानमा न्यूनतम सहमति गरेर अघि बढ्न सकिने उनले बताए।

संघको विधान समितिका संयोजक समेत रहेका डा. शर्माले विधान निमार्ण भन्ने विषय प्राविधिक मात्र भएको भन्दै वर्तमान नेतृत्वलाई सहमतिको खाका प्रस्तुत गर्न आग्रह गरे।

उनले संघको निर्वाचनमा मतदाता प्रभावित गर्न ठूलो आर्थिक चलखेल भएको बताउँदै चुनावमा लाइनमा बसेका मतदातालाई खाममा पैसा राखेर दिने विकृतिको अन्त्य गर्नुपर्नेमा जोड दिए। 

शर्माले संस्थाको सदस्यता लिएकै दिन केन्द्रीय नेतृत्वका लागि मतदान गर्न पाउने व्यवस्था गलत भएको बताए।  

'अबको एनआरएनए-हाम्रो भूमिका विषयक' कार्यक्रममा बोल्ने वक्ताहरूले संघको निर्वाचनमा राजनीतिक दलको हस्तक्षेप बढेको र आर्थिक चलखेल बढेको भन्दै चिन्ता व्यक्त गरे। 

संघका केन्द्रीय उपमहासचिव रामशरण सिम्खडाले कार्यपत्र प्रस्तुत गरेको कार्यक्रममा मञ्चका अन्तर्राष्ट्रिय समितिका अध्यक्ष भक्त गुरुङलगायत संघका अध्यक्षत्रय कुल आचार्य, रविना थापा र डा. बद्री केसीले संस्था सबल बनाउन लाग्नुपर्नेमा जोड दिए। 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.