देश बनाउन युवा नेतृत्व

देश बनाउन युवा नेतृत्व

समाजशास्त्रको दृष्टिकोणबाट हेर्दा मानिसमा मुख्यतयाः दुई प्रकारका गुण हुन्छन्। एक सिर्जनशीलता, अर्को निष्ठा। हरेक व्यक्तिमा कुनै न कुनै सीप हुन्छ। ज्ञान हुन्छ। तनमन हुन्छ। विश्व परिचित विकासका विज्ञ लुवा रहिलका अनुसार व्यक्तिगत विकास यस्तो विकास हो त्यो जहाँ, जतिबेला र जुनसुकै स्थानमा आवश्यक हुन्छ। उहाँको यो भनाइ मानवताको निम्ति अपरिहार्य छ। सिर्जनशीलतालाई आत्मसात गर्ने व्यक्तिले केही न केही गर्ने गर्छ। केही आफ्ना लागि, केही समाजको लागि गर्छन्। यदि उसले सिर्जनशीलतालाई आत्मसात गर्न सकेन भने प्रगतिको बाटोबाट सधैंका लागि टाढा रहन्छ। वरिष्ठ मनोविज्ञ जोन आर.एन्डोसनकानुसार मनोविज्ञान बुझ्नका लागि समाज बुभ्mन जरुरी हुन्छ। जो त्यसमा गहिरिएर अध्ययन गर्छ, घुलमेल हुन्छ, त्यसले मात्र समाजको अन्तर रूपको छतछाया बुझेको हुन्छ। अतः समाजको ऐना यसैको उज्ज्वल ध्वनि र नक्षेत्र हो, भनी दाबी गरेका छन्। त्यसैले युवालाई सिर्जनशीलतासँग यसरी जोड्न सकिन्छ।

विश्व हाकेका युवाको इतिहास

विश्वको सबैभन्दा कान्छो राष्ट्रप्रमुख अस्ट्रियाका चान्सलर ३१ वर्षका छन्। आफ्नो देशमा उनले चामत्कारिक विकास गरेका छन्। युगान्डाकी प्रोस्कोभिया ओरोमाइट १९ वर्षकी हुँदा संसद् निर्वाचित भइन्। उनी संसारकै कान्छी सांसद बनिन्। ब्रिटिस स्कटमूलकी म्हाहारी ब्ल्याकले २० वर्षमै सांसद पद हात पारिन्। त्यस्तै, फ्रान्समा ३९ वर्षका युवा नेता इबम्यानुएल म्याक्रोन राष्ट्रपति बने। फिनल्यान्डमा स–नाना मरिन ३४ वर्षको उमेरमा प्रधानमन्त्री निर्वाचित भइन्। यस्ता युवाहरूले देश हाकिराखेका छन्। नेपालमा जंगबहादुर राणा २९ वर्षको उमेरमा मुलुकको प्रधानमन्त्री भए। र, राज्यसत्ताको बागडोर सम्हाले। त्यसको मुख्य कारण थियोे, उनको जोश र देशप्रतिको बफादारिता। बीपी कोइराला ४५ वर्षको उमेरमा प्रधानमन्त्री भए। त्यसपछि मुलुकमा युवाशतिm राज्यको नेतृत्वदायी भूमिकामा आउन सकेको छैन्। मुलुकको वर्तमान परिवेश हेर्ने ठीक उल्टो जस्तो देखिन्छ। एउटा उखान छ।  'युवा जति खाडीमा, बुढा जति राडीमा' वृद्धा जतिले नै राज्यको बागडोर सम्हाली रहेका छन्। त्यसैले विश्वका नमुनालाई आधार मानी नेपालमा युवालाई राज्यको बागडोर तिर प्रेरित गर्दा उपयुक्त होला कि !

विश्वमा युवा नेतृत्व

जुन देशले युवालाई आफ्नो मुलुकको विकासमा उपयोग गर्छ। त्यस देशले आर्थिक र सामाजिक विकासमा फड्को मार्छ। उदाहरणका रूपमा क्यानडा, डेनमार्क, नर्वे, फिनल्यान्ड, न्युजिल्यान्डलाइ लिन सकिन्छ। यी देशले युवाहरूलाई विकासका गतिविधिमा सहभागी गराई समृद्धिको शिखर चुमेका छन। ती देशलाई उन्नतिको शिखरमा डोर्‍याउन युवाको योगदान छ। श्रम र पसिना बगेको छ। युवाको उपस्थितिले राजनीतिक स्थितिमात्र होइन सामाजिक पुरातनवादी मनोवृत्तिमा पनि परिवर्तन गर्न सक्छन्। युवाहरूलाई सोही तरिकाबाट जिम्मेवारी र प्रोत्साहन गर्दा नेतृत्व गर्ने तत्परता, क्रियाशीलता र सहभागिताले देशको मुहार फेरिनमा नयाँ आयाम दिन सक्छ। सामाजिक, रूपान्तरण र समतामूलक समाज निर्माणका लागि युवाको ऊर्जालाई जोड्नै पर्छ। माथिका तथ्यलाई हेर्दा, यो मुलुकको हित र समृद्धिका लागि राज्यको नीति निर्माण र नेतृत्व तहमा ऊर्जा भएका, ज्ञान र सीप भएका युवाको समान अनि अर्थपूर्ण सहभागिता आवश्यक छ।

कर्म र भक्ति गर्ने दुवै थरीका मानिसहरू हाम्रो समाजमा छन्। जहाँ बहुभाषिक, बहु सांस्कृतिक र बहुजातीय विविधतायुक्त छ। समाजले भएको विविधतायुतm ज्ञान, फरक भाषा, धर्म, कला, संस्कृति, परम्परा तथा रीतिरिवाजलाई जोगाउन सबैको एकताबद्ध प्रयास आवश्यक छ। अनि, मात्र राज्यको समग्र मुहार फेरिन सक्छ। कार्ययोजना बनाई युवालाई ध्यानमा जोडौं। भएको ज्ञानलाई ऊर्जामा मोडौं। आधुनिक प्रविधिलाई मौलिक र स्थानीय ज्ञानसँग जोड्दै आवश्यकताअनुसार उनीहरूको सहभागिता बढाउँ।

युवाको उपस्थितिले राजनीतिक स्थितिमात्र होइन सामाजिक पुरातनवादी मनोवृत्तिामा पनि परिवर्तन गर्न सक्छन्।

युवा देशको परिवर्तनशील शक्ति हो। आधुनिक विज्ञानको प्रयोग गर्न सक्ने। र, चमत्कार गर्न सक्ने। उपयोग गर्ने तागत भएको चेतनशील प्राणी हो। तर, विडम्बना के हो भने, यिनीहरूको जोस, शक्ति, सोचलाई कहाँ, कसरी, के गरी प्रयोग गर्न सकिन्छ, भन्ने भेउ नपाउँदाको समस्या हो यो। विश्व चर्चित भारतीय नागरिक अंकिता कवात्राले युवा नै देशको मेरुदण्ड हो। यस्ले शरीर चलाएमान हुनमा गह(नभूमिका खेलेजस्तै राज्य सञ्चालनमा पनि युवाको भूमिका आवश्यक छ भनेकी छिन्। राज्यले यस्तो योजना बनाओहोस्, शक्ति कहाँ छ ? सीप कहाँ छ ? ती सीप र शक्तिलाई कसरी समावेश गर्न सकिन्छ ? र, कसरी सबैलाई सीपअनुसारको हैसियात दिन सकिन्छ। त्यसको एकिन गरी ठोस योजना बनाई ध्यान देहोस्।

सही या गलत पहिल्यै छुट्यायौं। सही गोरेटोको खोजीमा लाग्न पे्ररित गरौं। यसले एकातर्फ आत्मसम्मान मिल्ने छ भने अर्काेतर्फ समाजका लागि केही न केही गरौं भन्ने भावनाको विकास हुनेछ। अब्राहम लिंकनले एउटा युवा प्रेरित भाषणमा भनेका थिए, गोलीभन्दा बोली धेरै बलियो हुन्छ। त्यसैले बोलीबाट कुनै पनि मार्ग बनाउनका लागि युवा जमातलाई जोडिनु राज्यको लागि उपयुक्त बाटो बन्न सक्छ। मानिस मात्र त्यो प्राणी हो, जुन धर्तीमा नयाँ कुराको खोजीमा हुन्छ। र, सधंैका लागि रहन्छ। त्यसैले धर्तीमा अनेकै प्रकारका चमत्कार गरिरहन्छ। खोजमा लाग्न अल्छी नमानौं। तथ्यलाई आधार मानी सोचमा परिवर्तन गरौं। ठोस योजनालाई उत्पादनसँग परिमार्जन गरी अगाडि बढौं।

ज्यामितीको दृष्टिकोणकोबाट हेर्दा हरेक सीधा रेखाको दुई बिन्दुको एक कोण बन्दछ। त्यसमा विभिन्न कोण, आकार प्रकार भए तापनि यस्ले अन्त्यमा दिने भनेको एक कोण हो। त्यसैले सिर्जनशीलताको लागि एक लाइनको रेखा कोर्नुपर्ने हुन्छ। र, आत्मविश्वासको साथ लाग्नु पर्ने हुन्छ। त्यसले आत्मबल बढाउँछ। त्यसका निम्ति निष्ठावान हुन आवश्यक छ। भविष्यका लागि मार्ग निर्देशित हुन जरुरी छ। विश्व विख्यात रासायन र जीवशास्त्री लुइस पास्टरले रासायन र जीवको अस्तित्वलाई बचाइ राख्न यिनीहरूकको फियुजनलाई विभेकपूर्ण ढंगबाट समिश्रण गरी लैजान सकेमा मात्र सही परिणाम निकाल्न सकिन्छ। नत्र भने यसले पृथ्वीको आकार प्रकारलाई नै ध्वस्त पार्न सक्दछ भनी उल्लेख गरेका छन्। अतः दृष्टिमा एक कोण बनाएपछि सफलता र सिर्जनशीलता सजिलै हात पर्न सक्छ।

कमिलाको ताँतीबाट तिनवटा कुरा सिक्न सक्छौं। पूर्वसोच, एकता र परिश्रम। त्यस्तै युवामा जोश, सिर्जनशीलता र शक्ति हुन्छ । कमिलाको जस्तै गर्न सकिराखेका छैनौ कि ? सोचौं अनि निरन्तर रूपमा लागौं। भविष्यका लागि योजना बनाउ। त्यो मेरो हातमा छ। साथमा छ, भन्ने भावनाबाट मुखरित हुन आवश्यक छ। सत्य पहिल्यै कामको योजना बनाउ। यसमा सफल भएका व्यक्तिहरूको बाटो पहिल्याऔं। को कहाँ जन्मियो ? के परिवारमा जन्मियो भन्ने कुराले खासै ठूलो अर्थ राख्दैन। अर्थ त्यो कुराले राख्छ। तपाईंले रोज्ने बाटो घुमाउरो छ। अप्ठेरो छ। त्योसँग सामना गर्न सिक्नुहोस्। लागि रहनुहोस उद्देश्य पूरा गर्नका लागि। थोमस एल्बाएडिसनले हावा बिना बत्ती बाल्नका लागि २५ वर्ष लगानी गरे। लागे ९ सय ९९ चोटीसम्म सफल भएनन्। तर, हजार चोटीमा हावा बिना बत्ती बाल्न सफल भए। त्यसैले धर्यता र निरन्तरता सिर्जनशीलता र सफलताका लागि कडी हुन्।

समयको सदुपयोग र सिर्जनशीलता

मौरीको घार हामी सबैले देखेकै छौं। नियालेर हेर्‍यौ भने जीवनपयोगी धेरै कुरा सिक्न सक्छौं। जुन, समयको सदुपयोग गरी चाका निर्माणमा ध्यान दिएको हुन्छ। रानी मौरीलाई चाहिने स्थान, चाकाको फेरा, मह बस्ने स्थान, शत्रुले आक्रमण गर्दा कसरी सुरक्षति हुने। र, प्रकृति प्रकोपबाट कसरी बच्ने उपाय आदि। त्यसैले मानिसको उमेर र समय कहिले पनि पर्खंदैन। हामी त्यसका उपयोगी र समर्थक दुवै हौं। सही कामका लागि सही तवरबाट लाग्न सिकौं।

हामीले समाजिक परिवेशको तवरबाट निहाल्यौं भने समाजमा तीन प्रकारका मानिसहरू हुन्छन्। सज्जन, मूर्ख र क्रियाशील। यसको समिश्रणबाट नै समाज बनेको हुन्छ। त्यसैलाई हामी कुन राम्रो ? कुनमा के फरक छ ? कसरी फरकपन आउन सक्दछ ? विचार गरी पुर्खाले छोडेको ज्ञानलाई आत्मसात गरी आफ्नो भविष्य निमार्णका लागि ध्यान दिउँ। पे्रmन्च समाजशास्त्री अग्रष्टी क्रम्ट्रीले प्रत्यक्षवादको सिद्धान्त नै समाजबाट सिक्ने उच्चस्तरको शिक्षा हो भनी परिभाषा दिएका छन्। सिक्नका लागि समाजलाई सम्मान दिनुपर्छ। अनि, समाजले पनि दिन्छ। त्यसले प्रत्यक्षवाद र भावनाको कदर हुन्छ, भनेका छन्। हाम्रा पुर्खाहरू अनुभवका पोका र सदुपयोगका भोका हुन्छन्। उनीहरूबाट सिक्नु भविष्यको बाटो बनाउनु हो। त्यसलै सिक्नमा कन्जुस्याइँ नगरौं।

किस्ष्टोपर ओवड नोलन सिनेमा निर्देशन र कथा लेख्छन्। कथाको परिवेश, शब्द चयन, लेखनको शैली र प्रस्तुत गर्ने र गराउन तरिका अरूको भन्दा उनको निकै भिन्न हुन्छ। त्यसै कारण उनले अमेरिकामा स्थापना भएको सबैभन्दा ठूलो राशिको पुरस्कार पाए। उनको त्यो सिर्जनशीलताबाट सिगो युवा पिँढीले निकै गुण सिके। त्यसैले हामीले गर्ने सिर्जनशीलता र फरकपनलाई कसरी आत्मसात गरी अघि बढ्न सकिन्छ भन्ने तवरबाट पनि सोच्न आवश्यक छ। बिना सिर्जनशीलाताले जीवन सजिलो हुँदैन। नत कुनै परिवर्तन गर्नमा भूमिका खेल्न सक्छ। त्यसले उत्पादनमा ह्रास आउँछ। त्यो हुन नदिनका लागि लाग्नुपर्ने स्थानमा लागौं। जुट्नु पर्ने स्थानमा जुटौं। कसरी सिगो समाजलाई माथि उठाउन सकिन्छ, भन्ने सोचका साथ एक आपसमा सहयोग आदानप्रदान गरौं। आफ्नो तह र तप्काबाट युवालाई सिर्जनशीलतामा लाग्न उत्प्रेरित गरौं।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.