पत्रकार धमलासहित दुई जना लागूऔषध लिएर सिरहा आउँदै गर्दा पक्राउ

पत्रकार धमलासहित दुई जना लागूऔषध लिएर सिरहा आउँदै गर्दा पक्राउ

सिराहा : सिरहा प्रहरीले अवैध लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरू दुवै जना उदयपुर जिल्लाको रहेको प्रहरीले जनाएको छ। 

एक जनासँग प्रेस कार्ड फेला परेको छ। उनी पत्रकार नै हो की कार्ड मात्रै बनाएको हो खुल्न सकेको छैन। उनीहरूलाई चेकजाँचका क्रममा सिरहा नगरपालिका-१४ नेमचन चोकबाट पक्राउ गरिएको छ। 

पक्राउ पर्नेमा उदयपुरको कटारी नगरपालिका-२ कल्याणपुर टोलका ३५ वर्षीय सुरेश कुमार धमला र मोटरसाइकल पछाडि सवार ओखलढुङ्गा फुलवारी गाउँ विकास समिति-९ मा घर भई हाल जिल्ला उदयपुर कटारी नगरपालिका-२ कल्याणपुर टोलकै ३५ वर्षीय इश्वर खत्री रहेका छन्। 

उनीहरू भारतबाट नेपालतर्फ स. ९ प. ५१० नं. को मोटरसाइकलमा आउँदै थियो। 

पक्राउ परेका धमलासँग रामा एक्सप्रेस खबरको प्रेस कार्ड पनि छ। 

प्रहरीले उनीहरूको साथबाट नाइट्रोभेट-१० लेखिएको २५ ट्याब्लेट, स्पास्मो प्रोक्सभोन प्लस लेखेको ८ क्याप्सुल, डाइलेक्स डिसी जस्तो देखिने तरल पदार्थ केमप्टी म्याङ्गो पन्च लेखिएको ६०० एमएलको बोतल लागूऔषध र अन्य कागजातहरू बरामद गरेको छ। 

अवैध लागूऔषध, मोटरसाइकल, मोबाइल, एटीएम कार्ड, आईडी कार्ड, नागरिकता, राहदानी, ड्राइभिङ लाइसेन्स र नगदसहित फेला पारिएको प्रहरीले जनाएको छ। 

उनीहरूलाई नियन्त्रणमा लिई जिल्ला अदालतबाट लागूऔषध मुद्दामा सात दिनको म्याद लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी सुवास बुढाथोकीले जानकारी गराए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.