मनास्लु हिमालको क्याम्प ३ मा हिमपहिरो, पर्यटकहरू हताहाती भएको आशंका
गोरखा : गोरखाको मनास्लु हिमाल क्षेत्रमा हिमपहिरो गएको छ। चुमनुव्री गाउँपालिका-१ का पूर्व वडाध्यक्ष वीरबहादुर लामाले घटनाको पुष्टि गरेका छन्।
उनले हिमपहिरोमा ७-८ जना परेको हुनसक्ने आशंका गरे। 'हिमपहिरो गएको पक्का हो। ७-८ जना बेपत्ता भएको अनुमान गरिएको छ। आधिकारिक पुष्टि हुन सकेको छैन,' अन्नपूर्णसँग उनले भने।
उनका अनुसार उद्धारका लागि त्यसतर्फ हेलिकोप्टर पठाइए पनि मौसम प्रतिकूलताका कारण घटनास्थलमा जान सकिएको छैन।
उक्त घटना मनास्लु हिमालको क्याम्प ३ भएको हो। उक्त हिमालमा ४०४ जना आरोहणका लागि गएको बताइएको छ।
प्रतिक्रिया दिनुहोस !