पार्टेसन वालमा इको प्यानल
भक्तपुर : समयसँगै निर्माण सामाग्रीको प्रयोगमा पनि धेरै परिवर्तन आउन थालेको छ। पछिल्ला वर्षहरूमा इँटाको विकल्पमा इको प्यानलको प्रयोग बढ्दै गइरहेको छ।
स्थायी तथा अस्याथी संरचनामा भित्री तथा बाहिरी पार्टेसन वालका रूपमा इँटाको ठाउँमा इको प्यानलको प्रयोग रुचाइएको हो।
इको प्यानल भनेको कारखानमा पहिला नै तयार पारी निर्माणस्थलमा जोडे मात्रै पुग्ने नयाँ निर्माण सामग्री हो। यो स्ल्याब जस्तै ठूल्ठूला हुन्छन्। त्यसकारण यसको प्रयोगले तीव्र निर्माण सम्भव हुन्छ।
नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्जिनियर कृष्णभक्त दुवाल पछिल्ला वर्षहरूमा प्रयोगमा आएका इको प्यानलका एउटा नभई अनेक विशेषताका कारण यसको माग बढ्दो रहेको बताउँछन्।
पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म नै यसको माग उच्च रहेको उनको अनुभव छ। हिमाल, तराई, पहाड सबैतिर यसको माग उतिकै रहेको उनले जनाए।
बाहिरको तापक्रम भित्र र भित्रको तापक्रम बाहिर नजाने भएकाले जाडो गर्मी सबैतिर यसको माग उच्च रहेको उनको विश्लेषण छ।
इको प्यानल प्रयोग गरेर वाल लगाउँदा प्लाष्टर गर्नुपर्ने झन्झटबाट मुक्ति मिल्छ। साथै इँटा राखेर वाल बनाए जस्तै दिनदिनै पानी दिएर बस्नुपर्ने झण्झटबाट पनि मुक्ति मिल्छ।
साथसाथै यो हलुका पनि हुन्छ। यसो हुँदा विकट ठाउँहरूमा लान सजिलो हुन्छ। साथसाथै हलुका भएकै कारण कम मात्रै भार हुने भएकाले कम मात्रै भार थैग्ने बनाउन मिल्दा निर्माणको कष्टसमेत कम हुन थाल्छ।
हलुका भएकै कारण यो भूकम्पप्रतिरोधीसमेत हुन्छ। किनकि यसको थिचाईबाट हुनसक्ने दुर्घटना कम मात्रै हुन्छ। यो अग्नी प्रतिरोधी पनि हुन्छ। यसलाई हतपत आगोले छुँदैन अर्थात् यो बल्दैन।
केही वर्ष अगाडि विदेशबाट आयात गर्नुपर्ने इको प्यानल पछिल्ला वर्षहरूमा स्वदेशमै वन्दा यसको माग अझै उच्च रहेको सरोकारवालाहरू बताउँछन्। यो विभिन्न आकार प्रकारमा पाइन्छ। यसको स्याण्डर्ड साइज सात दशमलब पाँच फिट लम्बाइ र दुई फिट चौडाइको हुन्छ।
मोटाइको हकमा ५०, ६०, ७५, ९०, एक सय २०, एक सय ५०, एक सय ८० मिलिमिटरका हुन्छन्। लम्बाइको हकमा ग्राहकको आवश्यकता अनुसार लामो बनाइने हुन्छ।
एकजना प्रयोगकर्ता रामबहादुर प्रजापति चाँडो निर्माण नै यसको मुख्य विशेषता आफूले भेटेको बताउँछन्। इँटाको वाल बनाउँदा काम पूरा गर्न जति समय लाग्छ, त्यसको कयौं गुणा छिटो सकिने उनको अनुभव छ।
तथापि इँटा प्रयोगभन्दा खासै धेरै महँगो नहुने उनले बताए।
इको प्यानल नन् एस्वेस्टस् क्लाल्सियम सिल्केट बोर्ड (सिमेन्ट बोर्ड) दुई साइडमा र भित्र सिमेन्ट, बालुवा, फाइवर ग्लास, इपीएस (चलनचल्तीको भाषामा थर्माकोल) तथा विशेष प्रकारको केमिकलको मिश्रणबाट बनेको हुन्छ। यसको प्रयोग वाल बनाउनका साथै ट्वाइलेट र किचेनमा पनि सजिलै गर्न सकिन्छ
प्रतिक्रिया दिनुहोस !