अवैध रुपमा माटो उत्खन्न गर्ने वडा अध्यक्षलाई कारवाही भएन

अवैध रुपमा माटो उत्खन्न गर्ने वडा अध्यक्षलाई कारवाही भएन

विराटनगर : मोरङ-सुनसरीको सीमा भएर बग्ने बुढी खोलामा अवैध रुपमा माटो उत्खन्न गरेर बच्ने वडा अध्यक्षलाई गाउँपालिकाले कारवाही गरेन। गाउँपालिकाले कारवाही नगरेपछि उजुरीकर्तासंगै स्थानीयहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिने तयारी गरेका छन्। 

बुढीगंगा गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष दिलिप चौधरीकै संग्लतामा माटो उत्खन्न गरी बेच्ने गरेको भन्दै स्थानीय युवाहरुले गाउँपालिकामा उजुरी दिएका थिए। वडा अध्यक्ष चौधरीले आफु खुशी खोलाको किनारमा मापढण्ड विपरित हैवा र टिपर लगाएर माटो उत्खन्न गरेर बेच्ने गरेको भन्दै उजुरी दिए पछि गाउँपालिका अध्यक्षले तत्तकाल प्रहरी लगाएर उत्खन्न गर्ने काम रोकेका थिए।  

वर्षायामा आफु मनमर्जी गाउँपालिकामा बिना जानकारी स्थानीय बुढीखोलाको डिल नै मास्ने गरी माटो उत्खन्न गरेर बेच्ने गरेको पाइएको थियो।   

केही दिनअघि स्थानीय १४ जनाले बुढीगंगा गाउँपालिका वडा अध्यक्ष सहित मनोज चौधरीको नेतृत्वमा अनाधिकृत रुपमा माटो उत्खन्न गर्ने काम भएकाले आवश्यक कारवाही गर्न उजुरी दिएपछि सो रहस्य बाहिर आएको थियो।  उजुरीमा स्काभेटर लगाएर हैवा र टिपर आउँजाउँ गर्ने गरेकाले वडाका सखुवाटोकी गाउँ नै जोखिममा परेको उल्लेख गरिएको छ।   
वडा नम्बर ६ मा निर्माणधीन माया गछियाको पुल जोगाउन भन्दै खोलाको माटो अवैध रुपमा स्काभेट लगाएर टिपर र हैवाले माटो बेच्ने गरेको उजुरीमा उल्लेख गरिएको छ।  

वडा अध्यक्ष दिलीप चौधरीले वडामा निर्माधीन ऐलानपुर र सिगापुर टोल जोड्ने पुल जोगाउन नम्बरी जग्गाको माटो काटिएको भने पनि मोरङ र सुनसरीका विभिन्न स्थानमा माटो बेच्ने काम गर्दे आएको थियो।   

‘गत वर्ष गाउँपालिकाले बुढी खोला वाट भरौट र माटो निकाल्न ८३ लाखमा दिनेश पराजुली लगायतकालाई ठेक्का दिएको  थियो। यस वर्ष खोलाको ठेक्का नलागेको बेला वडा अध्यक्षले स्थानीय माटोको कारोवार गर्ने  मनोज चौधरीसँगको मिलोमतोमा अवैध रुपमा माटो काटन लगाएको स्थानीय सुखदेव चौधरीले बताए। उनका अनुसार पहिलादेखि नै वडा अध्यक्षले माटोको कारोवार गर्दै आएका छन्।

वडा अध्यक्षले धेरै माटो बाहिर टिपर मार्फत बच्ने गरेको उजुरीमा उल्लेख छ। स्थानीय राम चौधरीले भने, 'अहिले पनि स्टक गरेको माटो बेच्दै छन्।' 

बुढीखोलाको धार नै परिवर्तन हुने गरी डोजर लगाएर ठाउँठाउँमा गहिरो भंगालो बनेको उनको भनाइ छ।  बस्ती छेउमा रहेको बुढीखोलामा डोजर लगाएर खोला उत्खनन हुने गरि अवैधरुपमा गहिरो भंगालो बनाउँदा समेत कसैले वास्ता नगरेको स्थानीय रमेश चौधरीले बताए। 
 
खोलाको किनारमा रहेको नारायण माबीको जग्गा लगायतमा खोला दोहन गरी माटो बेच्ने गरेकोले खोला उच्च जोखिममा परेको स्थानीयहरु बताउँछन्। प्रारिम्भक वातावरणीय परीक्षण प्रतिवेदन यस वर्ष सो खोलाको गरिएको छैन।

ऐनमा बस्तीसँगै नदि छेउमा रहेको व्यक्तिको नम्बरी जग्गालाई समेत जोखिमा पार्ने गरी माटो काट्न नदिने व्यवस्था छ।
सरकारले असारदेखि भदौसम्म नदि वरपरबाट बालुवा माटो प्रशोधन गर्न नपाइने कानुनी ब्यवस्था छ भने स्थानय तहले खोलाको प्राकृतिक बहावको दायाँ र बायाँ तीनसय मिटर ऐलानी र नम्बरी जग्गाको माटो उत्खनन गर्न नपाइने ब्यवस्था छ।

बुढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगरले उजुरी आउन साथ प्रहरी लगाएर माटो काट्ने काम रोकेको बताए। उनले आइन्दा माटो उत्खन्न नगर्ने भन्दै क्षमा मागेकाले कुनै कारवाही नगरेको बताए। उता उजुरी दिनेहरुले वडा अध्यक्षलाई कारवाही नगरेको भन्दै असन्तुष्टि जनाइरहेका छन्।   


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.