नवदुर्गा भवानीको १२ वर्षे जात्रामा कुल्पी यज्ञ (फोटोफिचर)

नवदुर्गा भवानीको १२ वर्षे जात्रामा कुल्पी यज्ञ (फोटोफिचर)

ललितपुर : आजकल ललितपुरको ठेचोस्थित नवदुर्गा भवानीको १२ वर्षे जात्रा चलिरहेको छ।

गत साउनबाट सुरु जात्राको महत्वपूर्ण कुल्पी यज्ञ फूलपातीको राति ललितपुरको बालकुमारीस्थित कुल्पी भन्ने ठाउँमा सम्पन्न भएको छ। 

दक्षिण ललितपुरको दलचोकी जंगलबाट स्वसी (बाँज) जातको आगँसी (दाउरा) गत भदौमा ल्याएपछि त्यही आँगसी प्रयोग गरेर कुल्पी यज्ञ गरिएको हो।

हरेक वर्ष हुने नाचका क्रममा नवदुर्गाहरूले लगाउने वस्त्र र मुकुट १२ वर्षे जात्रामा फेरिन्छ। वस्त्र र गहना तान्त्रिक विधिबाट चोख्याउन यो यज्ञ गर्ने चलन छ।
यज्ञमा भँगेरा, परेवा, सर्प, माछा र हाँस एकेक जोडी ल्याइएको थियो। 

हरेक एउटा जीव आगोमा होम गरिएको थियो भने अर्को छाडिएको थियो। यज्ञ हेर्न उपत्यकाका टाढा टाढाबाट आगन्तुकहरू आएका थिए। यस ठाँउमा रातभर त्रिपाल राखेर व्यापारीहरूले व्यापार गरिरहेका थिए।

१२ वर्षे जात्रा आगामी चैत्रताका साइत निकालेर विधिपूर्वक अन्त गरिन्छ।

तस्बिरहरू : अशोक दुलाल 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.