सिटी सफारी र मोटरसाइकल ठोक्किदा दुई वर्षीया बालिकाको मृत्यु

सिटी सफारी र मोटरसाइकल ठोक्किदा दुई वर्षीया बालिकाको मृत्यु

झापा : सिटी सफारी र मोटरसाइकल ठोक्किँदा एक बालिकाको मृत्यु भएको छ । 

पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापा शिवसताक्षी- १ स्थित फूलबारी चोकमा बुधबार दिउँसो २ :२० बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र १–०१–००२ ह ७२९ नम्बरको सिटी सफारी दक्षिणबाट उत्तरतर्फ क्रस गर्ने क्रममा सोही दिशाबाट आउँदै गरेको प्र १–०१–०१३ प ७३०८ नम्बरको मोटरसाइकलसँग ठोक्किदा दुर्घटना भएको थियो । 

दुर्घटनामा मोटरसाइकल चालक बुद्धशान्ति गाउँपालिका- २ निवासी ३५ वर्षीय कमल मिश्र, सोही मोटरसाइकलको पछाडि सवार उनकी श्रीमती २७ वर्षीया सङ्गीता मिश्र र २ वर्षीया छोरी संस्कृति मिश्र घाइते भएको थियो ।

घाइतेमध्ये बालिकाको बीएण्डसी हस्पिटल बिर्तामोडमा उपचारको क्रममा बिहीबार बिहान साढे ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी वसन्त पाठकले जानकारी दिए ।

दुर्घटनापछि सिटी, मोटरसाइकल, सिटी चालक शिवसताक्षी १ निवासी ६० वर्षीय पदम पाण्डेलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको उनले बताए ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.