बाबुरामको प्रस्तावमा प्रचण्डले दिए गोरखा २ बाट उम्मेदवारी

बाबुरामको प्रस्तावमा प्रचण्डले दिए गोरखा २ बाट उम्मेदवारी

गोरखा : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले गोरखा क्षेत्र नं २ बाट उम्मेदवारी दर्ता दिएका छन्। 

प्रचण्डले निर्वाचन अधिकृतको कार्यालयमै पुगेर उम्मेदवारी दर्ता गराएका हुन्। प्रचण्डले नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईको प्रस्ताव र माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको समर्थनमा उम्मेदवारी दर्ता गराए। 
बाबुराम भट्टराईले प्रत्यक्षतर्फ उम्मेदवारी चुनाव नलड्ने घोषणा गरेपछि प्रचण्डलाई सो क्षेत्रबाट उठाउने माओवादीले निर्णय गरेको थियो।

प्रचण्ड चितवन क्षेत्र नं ३ बाट एकल सिफारिस परेका थिए। अघिल्लो निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका प्रचण्ड यसपटक पनि चितवन ३ बाटै उम्मेदवार बन्ने चर्चा थियो। 

यो निर्वाचन क्षेत्रमा प्रचण्डसँग नेकपा एमालेबाट अब्दुस मियाँ भिड्दैछन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.