वनमन्त्री यादवले पर्सा १ मा दिए उम्मेदवारी

वनमन्त्री यादवले पर्सा १ मा दिए उम्मेदवारी

वीरगन्ज : संघीय सरकारका वन तथा वातावरण मन्त्री प्रदीप यादवले पर्सा क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवारी दर्ता गराएका छन्।

जसपा एमाले गठबन्धनका साझा उम्मेदवार बनेका यादवले आइतबार दिउँसो वीरगन्जस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गरेका हुन्।

जसपाको केन्द्रीय राजनीतिक समिति सदस्य समेत रहेका यादव , २०७४ को निर्वाचनमा पर्सा १ बाटै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

आइतबार मनोनयन दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै यादवले पर्साका चारवट‌ै प्रतिनिधिसभा र आठवटै प्रतिनिधिसभा क्षेत्रमा जसपा एमाले गठबन्धनका साझा उम्मेदवारहरुको जित सुनिश्चित रहेको दाबी गरे।

उनले यसै पनि पर्सा जिल्लामा जसपा बलियो अवस्थामा रहेको र त्यसमा एमालेसँग गठबन्धन गरिएकाले आफूहरुको जित कसैले रोक्न नसक्ने बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.