लोक्पा पहिरोमा फसेकाको चार दिनपछि हेलिकोप्टरबाट उद्धार

लोक्पा पहिरोमा फसेकाको चार दिनपछि हेलिकोप्टरबाट उद्धार

गोरखा : विगत चार दिनदेखि पहिरोमा फसेका एक घाइतेलाई उद्धार गरिएको छ। लगातारको वर्षापछिको पहिरो पार गर्ने क्रममा गत बिहीबार ढुंगाले लागेर घाइते भएका सुर्खेतका ३४ वर्षीय दीपक जिसीको आइतबार बिहान नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिए।

उनको खुट्टा भाँचिएको र मानिसले उद्धार गर्न असम्भव भएपछि गृहमन्त्रालयले उद्धार गरेको उनले बताए।

चुमनुब्री गाउँपालिकाले तत्काल उद्धार गर्न गरेको पत्राचारको आधारमा जिल्ला प्रशासन कार्यालयले अग्रसरता लिई गृहमन्त्रालयले उद्धार गरेको गाउँपालिकाका अध्यक्ष निमा लामाले बताए। गृह मन्त्रालयको बिपत ब्यवस्थापन कोषबाट खर्च ब्यहोर्ने गरी घाइतेको उद्धार भएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ।

घाइते जिसी पहिरोमै ओढार भित्र बसेका थिए। हेलिकप्टरबाट डोरीको सहायताले उनको उद्धार गरिएको वडा नम्बर ६ का अध्यक्ष सरोज लामाले बताए। करिब १० मिनेट हेलिकप्टर ‘होल्ड’ गरेर नेपाली सेनाको टोलीले घाइतेको उद्धार गरेर काठमाण्डौं लगेको उनले बताए।

यसैबीच मनास्लु क्षेत्र भ्रमणका लागि पुगेका विदेशी पर्यटकको पनि हेलिकोप्टरले उद्धार गरेको छ। चारैतिर पहिरो गएपछि गप र चुम्लिङमा फसेका विदेशी पर्यटकहरुको पनि हेलिकोप्टरबाट उद्धार गरिएको प्रजिअ आचार्यले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.