हुम्लाको उम्मेदवारी काठमाडौंबाटै

हुम्लाको उम्मेदवारी काठमाडौंबाटै

सिमकोट : टिकटको अन्तिम निर्णयसम्म काठमाडौंमै रहेका हुम्लाका नेताले उताबाटै उम्मेदवारी दिएका छन्। पाँच दिनदेखि निरन्तर वर्षाका कारण हवाईजहाज नचलेपछि हुम्लाका अधिकांश उम्मेरदवारले निर्वाचन आयोगबाट वारिसनामामार्फत मनोनयन दर्ता गराएका हुन्।

हुम्लामा वर्षाका कारण हवाई सेवा सञ्चालन नभएपछि आयोगको केन्द्रीय कार्यालयमार्फत मनोनयनपत्र दर्ता गराइएको कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले बताए। 

‘पार्टी बैठकका सिलसिलामा एक सातायता काठमाडौंमै रहनुपरेको र वर्षाले हवाई सेवा सुचारु नहुँदा आयोगको कार्यालयमार्फत जिल्ला निर्वाचन कार्यालयमा वारिसनामा पठाएर मैले प्रदेश निर्वाचन क्षेत्र (ख) मा  उम्मेदवारी दर्ता गराएँ’, मुख्यमन्त्री शाहीले भने, ‘हुम्ला भौगोलिक रूपमा निकै विकट छ भन्ने महसुस यस्तो महत्वपूर्ण अवस्थामा भनेको समयमा पुग्न नसक्दा हुने गरेको छ।’ एमाले नेता दल रावल, छक्कबहादुर लामा र दल फडेराले पनि आयोगको केन्द्रीय कार्यालयबाट वारिसनामा पठाएर आफ्नो मनोनयनपत्र दर्ता गराएका छन्। 

एमालेको तर्फबाट प्रतिनिधिसभामा रावल, प्रदेश (ख) मा लामा र प्रदेश (क) मा आफूले मनोनयनपत्र दर्ता गरेको एमाले केन्द्रीय सदस्य फडेराले बताए। एमालेले रावलका तर्फबाट उनका भाइ पुन्दबहादुर रावल, लामाका तर्फबाट प्रकाशबहादुर  शाही र फडेराका तर्फबाट गोकुल बुढालाई वारिसनामा पठाएर मनोनयन दर्ता गराइएको हो। 

खराब मौसमका कारण जिल्ला जान नसकेपछि कर्णाली प्रदेशको राजधानी सुर्खेतको निर्वाचन कार्यालयबाटै आफूले मनोनयनका लागि वारिसनामा पठाएको माओवादी केन्द्रका प्रतिनिधिसभा सदस्य उम्मेरदवार छिरिङदम्डोल लामा (कार्चेन)ले बताए। लामाले हवाई सेवा सुचारु नहुँदा पार्टीका नेता टाक्पाजिग्मेत लामा (मुस्कान), धर्मराज बोहरा  कार्मानाम्ग्याल लामाको नाममा वारिसनामा पठाएर मनोनयन दर्ता गरेको बताए।

लामासँगै गठबन्धनबाट प्रदेश निर्वाचन क्षेत्र (क) को टिकट पाएका रणसिंह परियारले पनि सुर्खेत निर्वाचन कार्यालयबाट छवि थापा, जंग बोहराको नाममा वारिसनामा पठाएर मनोनयन दर्ता गराएका छन्। हुम्लाका लागि प्रतिनिधिसभामा माओवादी केन्द्र समाजवादी अध्यक्ष कर्णजित बुढाथोकीले पनि काठमाडौंबाट प्रतिनिधिसभा सदस्यको मनोनयन दर्ता गराएका छन्। बुढाथोकीले पार्टीका जिल्ला अध्यक्ष रंगमल रोकायाको नाममा वारिसनामा दिएर मनोनयन दर्ता गरएको जानकारी दिए।

मुख्य निर्वाचन अधिकृतको कार्यालय हुम्लाका अनुसार एक निर्वाचन क्षेत्र भएको हुम्लामा प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनबाट माओवादी केन्द्रका छिरिङदम्डोल लामा (कार्चेन), एमाले दल रावल, माओवादी केन्द्र (समाजवादीबाट कर्णजित बुढाथोकी (सुशील) र राप्रपाबाट तजेबहादुर रावतसहित चार जनाले मनोनयन पत्र दर्ता गराएका छन्। 

प्रदेश निर्वाचन क्षेत्र (क)मा गठबन्धनकातर्फबाट माओवादी केन्द्रका रणसिंह परियार, नेकपा (एमाले)बाट दल फडेरा, एकीकृत समाजवादीबाट हस्तबहादुर शाही, नेपाली कांग्रेसको स्वतन्त्र समूहबाट मंगलबहादुर शाही, माओवादी केन्द्रको  स्वतन्त्र समूहबाट धु्रवकुमार शाही र राप्रपाबाट छापे ऐडीले मनोनयन पत्र दर्ता गराएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.