भिटेनले आफ्नै टाउकोमा फुटाए बोतल

भिटेनले आफ्नै टाउकोमा फुटाए बोतल

जापान : र्‍यापर भिटेन यतिबेला सांगीतिक कार्यक्रमको सिलसिलामा जापानमा छन्। आइतबार बेलुका राजधानी टोकियोमा नेपाली समुदायले कन्सर्ट आयोजना गरेको थियो, जहाँ भिटेनले प्रस्तुतिभन्दा पनि हर्कतका कारण चर्चा बटुले। कन्सर्टमा गीत गाउँदा गाउँदै उनले अस्वभाविक व्यवहार देखाउन थालेका थिए। उनलाई संयमित तुल्याउन आयोजकलाई हम्मेहम्मे परेको थियो। गाउँदा गाउँदै बोतलले आफ्नै टाउकोमा हिर्काएका थिए।

आफ्नै टाउकोमा आफैले बोतलले हानेका उनी एक्कासी मञ्चमा ढलेका थिए। त्यसपछि उनले गीत गाउन पनि सकेनन्। भुइँमा ढलेपछि दर्शकले उनको पक्षमा हुटिङ गरेपछि आयोजकले पानी छम्किएर केही बेरमा उठाएको थियो। ब्युँझिएपछि भिटेनले गाउन नसक्ने बताएका थिए। 

दर्शकले होहल्ला गर्न थालेपछि उनले आइन्दा शो नगर्ने र यही नै अन्तिम शो हुने बताएका थिए। भिटेनले एक्कासी किन यस्तो हर्कत गरेर स्टेजमै बेहोस भए भन्नेबारेमा दर्शक र आयोजकको आफ्नै तर्क छन्। मदिराले लठ्ठिएर भिटेनले त्यस्तो हर्कत देखाएको त्यहाँ पुगेका दर्शक बताउँछन्।

अर्कोतर्फ, आयोजकले चाहिँ मदिराका कारण भिटेन बेहोस नभएको दाबी गरेको छ। मदिराकै कारण उनी ढलेका हुन् वा स्वास्थ्यको कारण भन्ने जानकारी भने दिइएको छैन। तर, दर्शकहरूले भने भिटेन मदिराकै कारण ढलेको बताँउछन्। भिटेनले भने शारीरिक असन्तुलनका कारण ढलेको दाबी गरेका थिए। भिटेनले गाउन नसक्ने भएपछि स्थानीय कलाकार र डिजेले दर्शकलाई मनोरञ्जन दिएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.