चितवनमा कांग्रेसका बागी उम्मेदवारलाई एमालेको समर्थन
चितवन : चितवनको क्षेत्र नम्बर ३ मा नेकपा एमालेले कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई समर्थन गरेको छ। एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले कोइरालालाई समर्थन गरेका हुन् ।
उनको उम्मेदवारी अन्तिम समयमा पार्टीले नै पत्र पठाएर फिर्ता लिँदै कोइरालालाई समर्थन गरेको हो। कोइराला कांग्रेसका केन्द्रीय सदस्य हुन्। सोही क्षेत्रमा पाँच दलीय गठबन्धनबाट माओवादी केन्द्रका डा.भोजराज अधिकारी, राप्रपाका बिक्रम पाण्डे उमेदवार छन्।
कोइराला समर्थन लिनका लागि बालकोट पुगेका थिए।