बैतडीमा नुहाउने क्रममा बगेर एक जनाको मृत्यु
बैतडी : बैतडीमा नुहाउने क्रममा बगेर एक जनाको मृत्यु भएको छ।
जिल्लाको पाटन नगरपालिका-१ जरौलीका अन्दाजी ५४ वर्षीय नरबहादुर भट्टराईको शुक्रबार नुहाँउने क्रममा सुर्नया नदीमा बगेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।
नुहाउने क्रममा बगेर बेपत्ता भएको खबर प्राप्त हुनासाथ स्थानीय र प्रहरीले उद्धार गरी उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याएका थिए।
उनको उपचारका क्रममा आज मृत्यु भएको प्रहरी जनाएको छ। उनी नेपाल विद्युत् प्राधिकरणको युनिट कार्यालय पाटनमा कार्यालय सहयोगीका रूपमा कार्यरत थिए।