खाद्य संकटको अवस्था आउन नदिन र अवरुद्ध बाटो खुलाउन प्रचण्डसँग आग्रह

खाद्य संकटको अवस्था आउन नदिन र अवरुद्ध बाटो खुलाउन प्रचण्डसँग आग्रह

गोरखा : जताततै झरेको पहिरोले बाटो अवरुद्ध भएपछि उत्तरी गोरखाको चुम उपत्यका र नुब्री उपत्यकामा खाद्यान्न संकटको अबस्था आउन नदिन चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् ।

मंगलबार बिहान आठ बजे खुमलटारस्थित प्रचण्ड निवासमा भेट गर्दै लामाले चुमनुब्रीको खाद्यान्न समस्या समाधान गर्न तथा बाटो खुलाउन गृहमन्त्रालयसँग समन्वय गरिदिन आग्रह गरेका हुन् । 

प्रचण्डसँगको भेटमा आफूले सँधै पहिरो झरिरहने चुमनुब्रीको बाटो मर्मतको पहल गरिदिन र खाद्यान्न संकट समाधानको पहल गरिदिन आग्रह गरेको लामाले बताए ।

लगातारको वर्षाले गत जेठदेखि चुमनुब्री ६ र ७ को साविक चुम्चेत र छेकम्पार गाविस र तल्लो भेगको बजारक्षेत्रको आवतजावत ठप्प छ । लोक्पाको डुयुखोला र सर्दीभीरमा ठूलो पहिरो जाँदा बाटो अवरुद्ध छ भने क्याण्टिलिभर पुल भत्किँदा नाकाबन्दी लगाए जस्तो भएको वडा नं. ७ का वडाअध्यक्ष टासीदोर्जे लामा बताउँछन् ।

त्यस्तै न्याकफेदी र पेवाबीच ठूलो पहिरो झर्दा त्यसभन्दा माथिका वडा नं. १, २, ४ र ५ का गाउँबस्तीमा खाद्यान्न अभावको समस्या देखिन थालेको छ । 

चुमनुब्रीमा सडक सञ्जाल पुगेको छैन । खाद्यान्नलगायत सामग्री खच्चडबाट ढुवानी गर्नुपर्छ । वडा कार्यालयको पहलमा हालै भर्‍याङ हालेर बनाइएको बाटोमा खच्चड हिँडाउन नमिल्दा खाद्यान्न ढुवानी गर्न नसकिएको वडा नं. ३ का वडाअध्यक्ष रामकुमार गुरुङ बताउँछन् ।
 
दुर्गम क्षेत्रको समस्या र समाधानका उपायबारे प्रचण्डसँत छलफल गरिएको गाउँपालिकाका अध्यक्ष लामाले बताए । 

‘चुमनुब्री क्षेत्रमा खाद्यान्न संकटको अबस्था आउन लागेकाले सरकारसँग समन्वय गरी तत्काल खाद्यान्न ढुवानी गर्न पहल गरिदिन अध्यक्ष प्रचण्डसँग आग्रह गरेको छु’, उनले भने, ‘अध्यक्ष प्रचण्डले मेरै अघि गृहमन्त्री बालकृष्ण खाँणलाई टेलिफोन गरेर चुमनुब्रीमा खाद्यान्न आपूर्तिको व्यवस्था गर्नका लागि सहयोग गरिदिन आग्रह गर्नुभएको छ ।’ 

अल्पकालीन रुपमा खाद्यान्न अभावको समस्या टार्न र दीर्घकालीन रुपमा त्यस क्षेत्रको बाटो स्तरीकरण गर्न माग गरेको उनले बताए । साथै बेनिघाट, नेपाली सेनाले निर्माण गरिरहेको बेनिघाट आरुघाट लार्के सडकको काम अत्यन्त प्रभावकारी भएकाले चुम उपत्यकातर्फ पनि सेनाद्वारा सडक निर्माण गर्ने व्यवस्था मिलाइदिन प्रचण्डसँग अनुरोध गरेको उनले बताए ।

प्रचण्ड अहिले गोरखाबाट प्रतिनिधिसभा निर्वाचन लड्दैछन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.