आफन्तले पहिरो पार त गराए, तर समयमै एम्बुलेन्स नपाउँदा बिरेलाई बचाउन सकिएन

आफन्तले पहिरो पार त गराए, तर समयमै एम्बुलेन्स नपाउँदा बिरेलाई बचाउन सकिएन

बाजुरा : बडिमालिका नगरपालिका-६ का बिरे बडुवाल बिरामी भएपछि उनका आफन्तले जिल्ला अस्पताल पुर्‍याए। जिल्ला अस्पतालमा चेकजाँच गरेपछि बिरामीलाई सुविधा सम्पन्न अस्पतालमा लैजान भन्दै जिल्ला अस्पताल बाजुराले गएको आइतबार रिफर गर्‍यो। 

रिफरपछि सदरमुकामबाट बिरामीलाई आफन्तले बोकेर लैजानुपर्ने अवस्था आयो। त्यसबेला रात परिसकेको र बल्देको पहिराको बाटो अप्ठेरो भएकाले पछिल्लो दिन बोकेर उनलाई अस्पताल लैजान लागियो। 

आफन्तको सहयोगले पहिरो त पार गरे तर एम्बुलेन्स चाहार्दा चाहार्दै दिन बित्यो। अस्पताल पुग्ने समय एम्बुलेन्स खोज्दै बितेपछि बिरामीलाई समयमै अस्पताल लैजान सकिएन। 

ढिला भएका कारण उनलाई आइस्यु भएको अस्पतालमा लैजान खोजियो। जेनतेन अछामको बयालपाटा अस्पताल पुर्‍याइयो। त्यहाँ लैजानसाथ उनको मृत्यु भयो। 

श्वासप्रश्वासका बिरामीलाई अक्सिजनको साहारामा लिनुपर्ने भयो। बल्दे अमकोट पहिरामा एक्लै हिँड्न गाह्रो छ। 

वैकल्पिक सडक भएको भए त जिल्ला अस्पतालकै एम्बुलेन्समार्फत अस्पताल लगेर आफ्नो दाजुको ज्यान बचाउन सकिन्थ्यो बिरे बडुवालका भतिजा परे बडुवालले बताए। 

यो एक पात्र घटना हो यसरी पाँच वर्षदेखि वर्षाका चार पाँच महिना बन्द हुँदै आएको बल्दे अमकोट सडकको समस्याले धेरै बिरामीले समयमा उपचार नपाउने समस्या भोग्दै आएका छन्। कयौंको समयमा अस्पताल नपुग्दै ज्यान जाने गरेको छ। 

जिल्ला सदरमुकाम जोड्ने  साफे मार्तडी सडक खण्डको बल्दे अमकोट सडक पाँच महिनादेखि नखुल्दा बाजुराका बिरामी समस्यामा परेका छन्। 

२०७९ असार पहिलो सातादेखि बल्दे अमकोटमा आएको पहिराले सडक बन्द हुँदा सदरमुकाम मार्तडी र जिल्लाका पूर्वी उत्तरी क्षेत्रका चारवटा स्थानीय तह यातायात सेवाबाट वञ्चित भएका छन्। 

यसरी सडक बन्द हुँदा कोल्टी प्राथामिक स्वास्थ्य केन्द्र, जिल्ला अस्पताल बाजुरा र अन्य स्वास्थ्य चौकीबाट रिफर गरेका बिरामी समस्यामा पर्ने गरेका सामाजिक अगुवा हर्क खडाएतले बताए। 

उनले भने, 'सडक प्राकृतिक प्रकोपका कारण भयो, त्यो कसैले रोक्न सक्दैन तर सदरमुकाम जोड्ने सडकको वैकल्पिक उपाए नअपनाउनु बाजुरा प्रशासन कार्यालय, सडक डिभिजन कार्यालय सफेबर र त्यसको पहलका लागि जिल्लाका राजनैतिक दलले पहल नगरिनु दुःखको कुरा हो।'  

प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीले असारको पहिलो साताबाट सडक अवरुद्ध भएको र सडक अवरुद्ध हुँदा नागरिकले अत्यन्तै दुःख पाएका बताए। 

सदरमुकाम जोड्ने एक मात्र राजमार्ग त्यही हो करिब डेढ दुई किलोमिटर सडक खण्डमा ठूलो पहिरो गएकाले तत्काल खुलाउन सक्ने अवस्था रहेन। 

वर्षात पनि अहिलेसम्म नरोकिएकाले सडक खुलाउन समस्य भएको बताए। सडक डिभिजनलाई निर्देशन गरेर सडक खोल्ने प्रयास भइरहेको र काम पनि अगाडि बढेको प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीले बताए। 

काम निरन्तर भएपछि केही दिनमै सडक खुल्ने अधिकारीले बताए। पाँच महिनासम्म सडक बन्द हुँदा जिल्लामा दैनिक उपभोग्य सामानको मुख्य आकाशिनुका साथै अभाव सिर्जना भएको मार्तडीका व्यापारी प्रकाश थापाले बताए। 

थापाले भने, 'दसैंसम्म त जेनतेन भरिया खच्चडबाट बोकाएर दैनिक उपभोग्य सामान पुर्‍याइयो। भरियालाई बोकाएर बिक्री गरौं भने उपभोक्ता मर्कामा पर्छन्।' 
  
सडक सञ्चालन हुँदा १७ सय पर्ने खाना पकाउने ग्यासको मूल्य २४ सय पुगेको छ। उपभोक्ताको माग धान्न नसक्दा ग्यास लगायत दैनिक उपभोग्य सामग्रीको अभाव भएको छ। 

दसैं राम्रोसँग मनाउन नपाएको र तिहार पनि राम्रोसँग मनाउन सक्ने अवस्था नभएको स्थानीय बताउँछन्। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.