सहकारीका कर्मचारीमाथि दिनदहाडै गोली प्रहार, रित्तो झोला लिएर लुटेराहरु फरार

सहकारीका कर्मचारीमाथि दिनदहाडै गोली प्रहार, रित्तो झोला लिएर लुटेराहरु फरार

मलंगवा : सर्लाहीको बागमती नगरपालिका-१, मिलनचोकमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्था हरिवनको सेवा केन्द्रका प्रमुखमाथि बुधवार लुटेरा समूहले गोली प्रहार गरेको छ। 

लुटेराहरुको गोली प्रहारबाट सेवाकेन्द्रका प्रमुख लालबन्दी नगरपालिका २ जुटपानीका ३० वर्षीय साजन कार्की घाइते भएका छन्। कार्यालयमा काम गर्दै गरेको अवस्थामा लुटेराहरुले कार्कीमाथि ४ गोली प्रहार गरेका छन्।

तीन जनाको समूहमा आएका लुटेराले सेवा केन्द्रको कार्यालयभित्र पसेर प्रमुख कार्कीलाई पैसा दिन भन्दै धम्क्याएपछि कार्कीले प्रतिकार गरेका थिए। प्रतिकार गर्नेवितिकै लुटेरा समूहले गोली प्रहार गरेको थियो। गोली कार्कीको तिघ्रा, कुम, ढाड र कोखामा गोली लागेको प्रहरीले जनाएको छ।

गोली प्रहार गरेपछि तीनैजना लुटेराहरु भारतीय नम्बर प्लेटको एउटै मोटरसाइकलमा चढेर दक्षिणतर्फ भागेका छन्। कार्कीको हरिवनमा समान्य उपचारपश्चात् थप उपचारका लागि काठमाडौंतर्फ लगिएको छ ।

लुटेराहरुले कार्कीको साथबाट खाली झोला लिएर भागेका छन्। कार्कीले हरिवनमा रहेको सगुन सहकारीबाट ल्याएको पैसा लकरमा राखिसकेको हुनाले लुटेराले पैसा लिएर भाग्न सकेन। रितो झोलामात्र लिएर लुटेराहरु भागेका छन्।

प्रहरीले घटनामा संलग्नहरुको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। संस्थामा जडान गरिएको सीसीटीभी फुटेज लिएर अनुसन्धान बढाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक विजय यादवले जनाएको छ। दिन दहाडै गोली प्रहार भएपछि स्थानियबासीहरु त्रसित बनेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.