डाक्टरमाथि हातपात भएपछि लहानको प्रादेशिक अस्पतालमा सेवा अवरुद्ध

डाक्टरमाथि हातपात भएपछि लहानको प्रादेशिक अस्पतालमा सेवा अवरुद्ध

सिरहा: सिरहाको लहानमा प्रादेशिक अस्पतालका डाक्टर अंशु शौरभमाथि स्थानीयले हातपात गरेपछि अस्पतालको सेवा अवरुद्ध भएको छ । 

स्थानीय ललिता यादवले अस्पताल विकास समितिका अध्यक्ष र मेडिकल सुपरिटेन्डेन्टकै अगाडी डाक्टरमाथि हातपात गरेकी थिइन । 

डाक्टरमाथि अनाहकमै कुटपिट हुनु दुखद भएको भन्दै अस्पतालका डाक्टरहरूले दोषीलाई कारबाहीको दायरामा ल्याउन र अस्पतालमा यस्ता गतिविधि हुन नदिने वातावरण बनाउन माग गर्दै अस्पतालको सेवा सञ्चालन गरेका छैनन् । 

डाक्टरहरूको आन्दोलनले शुक्रबार बिहानदेखि अस्पतालका केही सेवा अवरुद्ध छन् । हातपातको घटना बिहीबार साँझको हो । 

बाहिरको व्यक्ति बोलाएर नियोजित रुपमा आफुमाथि हातपात गराएको डाक्टर शौरभले अन्नपूर्ण पोस्टलाई बताईन ।

‘आफूमाथि पानीको बोतलसहित कुटपिट गरेका छन्, लुगा च्यात्न खोजिएको थियो, मलाई न्याय चाहियो,’ उनले भनिन् ‘यस्तो हुँदा यहाँ काम गर्ने वातावरण छैन, अस्पताल विकास समितिको अध्यक्ष र सुपरिटेन्डेन्टले घटनाबारे जवाफ दिनुपर्छ ।’

डा. शौरभ जनकपुरबाट काजमा लहान अस्पतालमा कार्यरत छिन् । काज फिर्ता माग्न मेडिकल सुपरिटेन्डेन्ट डा. सुशील कुमार कुसवाहाको कार्यकक्षमा पुगेका थिए । त्यहाँ अस्पतालका अध्यक्ष शत्रुधन मण्डल पनि थिए ।

मण्डलसँगै आएकी ललिता यादवले डा. शर्मामाथि हातपात गरेकी हुन् । समस्या समाधान गर्न छलफल भईरहेको अस्पताल सुपरिटेन्डेन्ट कुसवाहाले जानकारी दिए । 

यता घटनाबारे जानकारी लिइरहेको उजुरी आए अनुसन्धान गरी कानूनी प्रक्रिया बढाउने इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.