सम्झनामा किसन राई

सम्झनामा किसन राई

हङकङ : हङकङ नेपाली समाजका लौह पुरुष किसन राईको प्रथम स्मृति सभा सम्पन्न भएको छ। हङकङका आठ संस्थाहरु एभरेष्ट मिडिया, नेपाल आदिवासी जनजाती महासंघ ( हङकङ), गैह् आवासीय नेपाली संगठन (हङकङ), हङकङ नेपाली महासंघ, नेपाल चेम्बर अफ कर्मस हङकङ, नेपाली समाज हङकङ, किरात राई यायोक्खा, नेपाली पत्रकार संघ हङकङको संयुक्त आयोजनामा स्मृतिसभाको आयोजना गरिएको थियो। 

एभरेष्ट मिडियाका तर्फबाट डम्बरकृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न सभामा हङकङ स्थित नेपाली महावाणिज्यदूत उदयबहादुर राना, डा.चुरा थापा, चेम्बरका अध्यक्ष लवकुमार गुरुङ, लेखक तथा सामाजिक अभियान्ता जुनु राना, कमल पौडेल, हेजेन राई, धिरज राई, महासंघ अध्यक्ष रीता गुरुङ, किरात राई यायोक्खा अध्यक्ष चन्द्रका राई, गैह्आवासीय नेपाली संघ महासचिव डिल्लीराम विश्वकर्मा, आदिवासी जनजाती महासंघ कृष्णराज लावती, नेपाली पत्रकार संघ उपाध्यक्ष ईन्द्र लक्सम, नेपाली समाज हङकङका संयोजक ईन्द्र वनेम, पत्रकार जेबी पुन मगर, ब्यवसायी शशिमदन राई लगायतले किसन राईसँगको सहकार्य, नेपाली समाजमा योगदान र उनको अभाव बारे आफ्नो स्मृति सुनाएका थिए। 

नेपाली पत्रकारिता मार्फत विकृती, विसङ्गती र समाजको खबरदारीमा बफदार राई हङकङेली समाजका अभिन्न पात्र थिए। 

हङकङको एकमात्र नेपाली भाषी मिडिया एभरेष्ट मिडिया मार्फत नेपालीहरुका समस्या, भोगाई, यर्थाथता र योगदानलाई संसारभरिका नेपालीहरुमाझ पुर्‍याउनका लागि किसनको अभिछिन्न पत्रकारिता सदैव सम्झन लायक थियो। 

वर्तमान आदिवासी जनजाती महासंघ, पत्रकार महासंघ हङकङका अध्यक्ष किसन दर्जन बढी नेपाली संस्थाका प्रर्वद्धक तथा प्रमुख जिम्मेवारीमा थिए। 

कार्यक्रममा दिवंगत राईलाई हङकङेली नेपाली समाजमा सदैव जिवन्त राख्नका लागि किसन राई स्मृति पुस्तक प्रकाशनका साथ उनले सञ्चान गर्ने एभरेष्ट मिडियालाई निरन्तरता दिने कार्ययोजना समेत प्रस्तुत गरिएको थियो। 

कार्यक्रमलाई शिक्षक तथा पत्रकार देवराज राईले संञ्चालन गरेका थिए। 

पत्रकार किसन राई ०२१ अक्टोबर ५ मा नेपाल सरकारबाट प्रदान गरिने सम्मान जनसेवा श्री पदक ग्रहण गर्न, आदिवासी जनजातीहरुको प्रथम अन्तराष्ट्रिय महाधिवेशनमा सहभागी हुन र केही समय साथीभाई तथा आफन्तसँगको भेटघाटका लागि नेपाल गएका थिए। 

नेपालको तातोपानी, बेनी, मुस्ताङ, घान्द्रुक लगायतका स्थानहरुको भ्रमण गर्ने क्रममा खोटाङको दिक्तेल स्थित रुपाकोट मझुवागढी नगरपालिका ८ दोर्पाचिउरी डाँडाको पंखु खोलाको भीरमा लडेर उनको निधन भएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.