विष्फोटबाट उछिट्टिएको ढुंगाले लागेर बालकको मृत्यु

विष्फोटबाट उछिट्टिएको ढुंगाले लागेर बालकको मृत्यु

दार्चुला : भारतीयले गरेको विष्फोटबाट उछिट्टिएको ढुंगाले लागेर जिल्लाको ब्यास गाउँपालिका-२ तम्बाकुमा बालकको मृत्यु भएको छ।

भारतको लखिमपुरस्थित चट्टान फुटाउन प्रयोग गरिएको विष्फोटबाट उछुट्टिएको ढुङ्गा लागेर वडा नम्बर २ दुम्लिङका ९ वर्षीय पवन महराको मृत्यु भएको ब्यास गाउँपालिका-२ का वडाध्यक्ष धिरनसिंह बुढाथोकीले जानकारी दिए।

ती बालक थि भन्ने ठाउँबाट घरतर्फ फर्किरहेका थिए। वडाध्यक्ष बुढाथोकीका अनुसार आज बिहान १० बजेतिर बुबा हिक्मत महराका साथमा छोरा पवन र छोरी घरतर्फ आइरहेका थिए।

भारततर्फ गर्ग एण्ड गर्ग कम्पनीले चट्टानी भूभाग फुटाल्न विष्फोट गराउदा घटना घटेको बताइएको छ। घटना स्थलमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरीक्षक राजेश शाहीको नेतृत्वमा प्रहरी खटिएको छ। 

घटना के कति कारणले घटेको हो भन्ने बारे अनुसन्धान पछि थाहा हुने प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.