पवन महराको मृत्युबारे यथार्थ छानबिन गर्न मन्त्री बडूको निर्देशन

पवन महराको मृत्युबारे यथार्थ छानबिन गर्न मन्त्री बडूको निर्देशन

दार्चुला : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले दार्चुलाको ब्यास गाउँपालिका-२ तम्पाकुक ९ वर्षीय पवन महरा मृत्युको कारण छानबिन गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएका छन्। साथै उनले राहतका लागि पहल सुरु गर्न पनि निर्देशन दिएका छन्।

महाकालीपारि पिथौरागढ जिल्लाको धार्चुला तहसिलमा सडक कटानका क्रममा चट्टान फुटाउन बिस्फोट गर्दा उछिट्टिएको ढुंगा लागेर बालकको ज्यान गएको बारे मृतकका परिवारले आफूलाई जानकारी दिएको बताए। 

यसको यथार्थ छानबिन गरी तत्काल भारतीय पक्षलाई जानकारी गराउन प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायलाई निर्देशन दिएका छन। 

महाकालीपारि पिथौरागढ जिल्ला धार्चुला तहसिलमा गर्ग एन्ड गर्ग कम्पनीले सडक निर्माण गरिरहेको बेला यो घटाउन भएको स्थानीयले बताए। 

सडक निर्माणका क्रममा विस्फोट गर्दा सीमासँग जोडिएको ठाउँका बारेमा नेपाली पक्षलाई जानकारी नदिएर भारतीय निर्माण पक्षले काम गर्दा यस्तो दुर्घटना भएको स्थानीयको बुझाइ छ। 

यो विषयमा गम्भीर त्रुटि गरेकाले कूटनीतिक माध्यमबाट सरकारलाई क्षतिपूर्तिका लागि माग गरेको मन्त्री बडुले बताए। 

उनले भने, 'गृह र परराष्ट्र मन्त्रालयलाई समेत यस विषयलाई गम्भीरताका साथ लिई राहत र क्षतिपूर्तिका लागि पहल गर्न ध्यानाकर्षण गराइसकेको छु।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.