भोट माग्न खेतवारीमै पुग्छन्, घरमा चिठ्ठी र फोन

भोट माग्न खेतवारीमै पुग्छन्, घरमा चिठ्ठी र फोन

बागलुङ : खेतमा धान पाकेर पहेंलपुर र बारीमा कोदो पाकेर रातै भएका कारण यतिबेला बागलुङका कृषकलाई बर्खेबाली भित्र्याउने चटारो छ। 

कृषक बिहान सबेरैदेखि साँझ अबेरसम्म व्यस्त हुन थालेपछि उम्मेदवारहरू किसान भेट्न खेतबारीमै पुग्ने थालेका छन्। 

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका उम्मेदवारहरू खेतबारीमा पुगेरै किसानसँग भोट मागिरहेका छन्। 

उनीहरूले घरमा भेट्न नपाएका मतदातालाई चिठ्ठी राखेर हिँड्ने गरेका छन्। कतिपयलाई भने फोन गर्छन्। बर्खेबाली भित्र्याउने समय परेको हुँदा कृषकहरूलाई घरमा भेटेर भोट माग्न कठिन भएपछि बागलुङका उम्मेदवारहरू खेतबारीमै पुगेका हुन्। 

बागलुङ क्षेत्र नम्बरमा १ प्रतिनिधि सभा सदस्यका नेकपा एमालेका उम्मेदवार डा. सूर्य पाठक, प्रदेश सभा सदस्य (क)का उम्मेदवार हीराबहादुर केसीले खेतबारीमै पुगेर भोट भोट मागिरहेका छन्। 

कृषकहरूलाई बाली भित्र्याउने भ्याइनभ्याई भएकाले खेतबारीमै पुगेर आफ्नो एजेन्डा सुनाएर भोट मागेको नेकपा एमाले बागलुङ जिल्ला कमिटी अध्यक्ष तथा क्षेत्र नम्बर १ प्रदेश सभा सदस्य (क) का उम्मेदवार हिराबहादुर केसीले बताए। 

'यतिबेला कृषक किसानलाई धान भित्र्याउनमा भ्याइनभ्याई छ, कृषक दाजुभाइ दिदीबहिनी जहाँ भेटिनुहुन्छ, हामी त्यहीँ पुगेर भोट मागेका छौं,' केसीले भने। 

बागलुङ क्षेत्र नम्बर २ प्रदेश सभा (ख)का नेपाली कांग्रेसका उम्मेदवार द्रोणकुमार कुँवरले समेत खेतबारीमै पुगेर कृषकहरूसँग भोट मागिरहेका छन्। कुँवरको टोलीले खेतबारीमै पुगेर मतदातासँग भोटको अपिल गरेको हो। 

आफूहरू कृषक नै रहेकाले किसान जहाँ हुन्छन् त्यहाँ पुग्न कुनै कठिन नहुने नेपाली कांग्रेस बागलुङका सचिव हरिहर शर्माले बताए। 

उनले धान झाँट्ने ठाउँमा पुग्दा सबै कृषकहरूलाई एकै ठाउँमा भेट्न सकिने र वास्तविक कृषकका खास समस्या पहिचान गर्न पनि सहज हुने बताए। 

नेकपा एमाले बागलुङ क्षेत्र नम्बरमा १ का उम्मेदवारहरूले घरदैलो कार्यक्रममा मतदाता घरमा नभेटिएमा फोन गरेर समेत भोट माग्ने गरेका छन्। 

घरदैलो कार्यक्रमलाई तीव्ता दिएको क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्यका उम्मेदवार पाठक र प्रदेश सभा सदस्यका उम्मेदवार केसीको टोलीले फोन सम्पर्क गरेर आफू घरमा आएको सुनाउने गरेका छन्। 

फोनमै उनीहरूले आफ्नो एजेन्डा सुनाएर भोट दिन आग्रह गरेका छन्। 'मतदातालाई भोट र आफ्ना एजेन्डा सुनाउन हामीले घरदैलो कार्यक्रम गरिरहेका छौं,' उम्मेदवार पाठकले भने, 'घरमा नभेटिएका मतदातालाई छिमेकीसँग फोन नम्बर मागेर एजेन्डा सुनाउँदै भोट मागेका छौं।' 

पाठक र केसीको टोलीले सम्पर्क नम्बर नभएका मतदाताको घरमा आफ्नो प्रतिबद्धतापत्र सहित भोट दिन आग्रह गर्दै चिठ्ठी लेखेर छोड्ने गरेका छन्। 

उम्मेदवारहरूले आफू घरमा आएको र भेट हुन नसकेको पत्रमा उल्लेख गर्दै सहयोगको अपेक्षा गरेको भन्दै पत्रसहित भोट गर्ने तरिकार र आफ्ना प्रतिबद्धतापत्र घरमा राखिदिने गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.