सिमकोटमा विद्युत् सेवा ठप्प भएको एक महिनापछि पुग्यो जेनेरेटर

सिमकोटमा विद्युत् सेवा ठप्प भएको एक महिनापछि पुग्यो जेनेरेटर

सिमकोट : एक महिनादेखि अन्धकारमा रहेको सिमकोटमा विद्युत् सेवा सुरु गर्न नेपाल विद्युत् प्राधिकरणले नेपाली सेनाको हेलिकोप्टरबाट जेनेरेटर पुर्‍याएको छ। 

असोज १६ गतेदेखि परेको अविरल वर्षासँगैको पहिराले सदरमुकाम सिमकोटसहित खार्पुनाथ गाउँपालिकामा प्रसारण लाइन विस्तार गरेको पाँच सय किलोवाटको हिल्दुम साना जलविद्युत् आयोजना अवरुद्ध भएपछि जेनेरेटर ल्याएको हो। 

आयोजनाको प्रसारण लाइन विस्तार गरिएका बस्तीहरूमा तत्काल बत्ती बाल्नका लागि नेपाल विद्युत् प्राधिकरण केन्द्रीय कार्यालयको पहलमा २१५ केभिए क्षमताको  जेनेटर ल्याइएको हो। 

विद्युत् लाइन नभएपछि निर्वाचन तयारीका काम समेत प्रभावित हुने भएपछि प्रमुख जिल्ला अधिकारी सीता परियारको पहलमा नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले जेनेरेटर ल्याएर आफैं आएका हुन्। 

राष्ट्रिय सडक सञ्जालले नजोडिएको सिमकोटमा हवाइ जहाजमार्फत ढुवानी गर्न सम्भव नभएपछि मुगु जिल्लाको ताल्चा विमानस्थलबाट नेपाली सेनाको हेलिकोप्टरबाट जेनेरेटर सिमकोट ल्याइएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए। 

'निर्वाचनको सम्मुखमा जिल्लाका सबै कार्यालयको काम ठप्प भयो। दुर्गम जिल्लाका नागरिक एक महिनादेखि अन्धकारमा बस्नु परेको अवस्थालाई मध्यनजर गर्दै प्राधिकरणले हेलिकोप्टरमार्फत ढुवानी गरेर पनि वैकल्पिक व्यवस्थाका लागि जेनेरटर सिमकोट ल्याएको हो,' निर्देशक घिसिङले थपे। प्राधिकरणले ढुवानी गरेर ल्याएको जेनेरेटर सधैं ब्याकअपका रूपमा हुम्लामै रहने छ। 

पाँच सय किलोवाड क्षमताको हिल्दुम साना जलविद्युत् आयोजना नेपाल विधुत प्राधिकण हेल्दुम वितरण केन्द्रद्धारा जोडिएका लाइन अवरुद्ध हुँदा जिल्ला सदरमुकाम सिमकोटका ८ वडा र खार्पुनाथ  गाउँपालिकाका पाँच वडाका सम्पूर्ण बस्ती करिब एक महिनादेखि अन्धकार छन्। 

गत असोज १६ गते परेको अविरल वर्षासँगैको पहिरोले विद्युत्को नहर भत्केर विद्युत् आपूर्ति बन्द भएपछि सिमकोट र खार्पुनाथ गाउँपालिकाका बस्तीहरू अन्धकार छन्। 
 
एक साताभन्दा बढी निरन्तर भएको वर्षाले विद्युतको हिल्दुममा भएको आयोजनाको नहर भाँसिएर ठूलो क्षति भएपछि विगत एक महिनायता विद्युत् अवरुद्ध छ। 

पहिराले आयोजनाको नहर एक ठाउँमा ५५ किटर र अर्को ठाउँमा २० मिटर गरेर ७५ मिटर भत्काएपछि आयोजना तत्काल सञ्चालन गर्न सम्भव नदेखिएपछि विद्युत् प्राधिकरणको केन्द्रसँगको समन्वयमा जेनेरेटर ल्याइएको हिल्दुम साना जलविद्युत् आयोजनाको सिमकोट वितरण केन्द्रका प्रमुख साजन ऐडीले जानकारी दिए। 

'एक वर्ष अघिदेखि आयोजना नहर, पाइप, रिर्जव ट्ंयाकी र मेसिन मर्मतका लागि मायाँ कन्ट्रक्शनले लिएको ठेक्का एक वर्ष  बितिसक्दा पनि काम अघि बढेकै थिएन' कार्यालय प्रमुख ऐडीले अन्नपुर्णसँग भने, 'त्यस्तो अवस्थाबाट जनतन विद्युत् आपूर्ति गरेको आयोजनामा यस पटक परेको वर्षासँगैको पहिराले थप क्षति पुर्‍याएपछि विद्युत् आपूर्ति लामो समय अवरुद्ध हुन पुगेको हो।'

नहरको ७८ मिटर पाइप जिल्लामा पुर्‍याएर नहरमा विच्छाउने जिम्मा भएपछि आयोजनाको विद्युत् आपूर्ति सहज हुने भएपनि ढुवानीको समस्याले समयमा जिल्लामा पुर्‍याउन नसकिएको  ठेकेदार कम्पनीका प्रोप्राइटर जीवन रोकायाले बताए। 

ठेकदार कम्पनीले अहिलेसम्म आयोजनाका २० वटा पाइप मात्रै जिल्लामा पुर्‍याएको आयोजनाले जनाएको छ। जिल्ला सदरमुकाम सिमकोटका ८ र छिमेकी खार्पुनाथ गाउँपालिकाका ५ वडा गरेर १३ वडाका सबै बस्तीहरूमा प्रसारण लाइन विस्तार गरेको आयोजना  बिग्रिएपछि नहरमा रहेका प्यान टालटुल तथा मर्मतका लागि नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेश प्रादेशिक कार्यालयले गएको आर्थिक वर्ष २०७८/७९ मा २० लाख बजेट छुट्याएको थियो। 

डेढ वर्षमा देशभर राष्ट्रिय प्रसारण लाइन बन्छ : कार्यकारी निर्देशक घिसिङ

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अबको डेढ वर्षमा कर्णाली लगायत देशका सबै बस्तीहरूमा विद्युतको राष्ट्रिय प्रसारण लाइन जडान गर्ने बताएका छन्। 

२१५ केभिय क्षमताको जेनेटरसहित नेपाली सेनाको हेलिकोप्टरबाट हुम्ला सदरमुकाम सिमकोट पुगेका निर्देशक घिसिङले यस्तो बताएका हुन्। 

पछिल्लो समय विद्युत् प्राधिकरणले कर्णाली उज्यालो अभियान सञ्चालन गरेको बताएका निर्देशक घिसिङले अबको डेढ वर्षमा नेपालका कुनैपनि क्षेत्रका नागरिकले अँध्यारो त के लोडसेडिङको मारमा पनि बस्नु नपर्ने दावी गरे। 

'राष्ट्रिय प्रसारण लाइनमार्फत कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लालगायत देशभर शतप्रतिशत विद्युतीकरण गर्ने लक्ष्यका साथ बजेट विनियोजन गरेर टेण्डर भैसकेर सम्झौता समेत भएर कन्ट्याक्टर परिचालन पनि भइसकेको छ' उनले अन्नपुर्णसँग भने 'त्यसका लागि प्राकिरणले यूरोपियन इन्भेष्टमेण्ट बैंक र यसियन इन्फ्रास्टक्चर बैंकको आर्थिक सहयोगमा २५ अर्ब रकम विनियोजन गरेको छ।' 

आफू नेपाल विद्युत् प्राधिकरणको नेतृत्व सम्हालेको दावी गरेका घिसिङले कर्णालीको कालीकोट र जुम्लामा नपुगेको राष्ट्रिय प्रसारण लाइन अहिले पुगिसकेका कारण मुगु र हुम्लामा पनि लगत्तै नेशनल ग्रीडमा जोडिने बताए। 

कर्णालीको प्रदेश राजधानी सुर्खेत, दैलेख देखि जुम्ला हुँदैं हुम्लासम्म सुरुमा ३३ केभिए लाइन जोड्ने र पछि ब्याकअपका रूपमा १३२ केभिए प्रसारण लाइन जोड्ने काम सुरु भएको घिसिङले जानकारी दिए। 

राष्ट्रिय प्रसारण लाइन जाडेपनि विभिन्न लगानीकर्तासँगको सहकार्यमा विद्युत् उत्पादनका काम समेत प्राधिकरणले सुरु गरेको उल्लेख गर्दै घिसिङले भने 'हाम्रो (प्राधिकरण) मात्रै नभएर सबै लगानीकर्ताका लागि कर्णाली अबको पहिलो रोजाइ हुन्छ।' एक सय मेगावाटको जलविद्युत् आयोजना डोल्पामा सुरु भएको आयोजनामा प्राधिकरणको पनि सेयर रहेको जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.