मतदाता शिक्षा दिँदै स्वास्थ्य स्वयंसेविका

मतदाता शिक्षा दिँदै स्वास्थ्य स्वयंसेविका

बागलुङ : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतदाता शिक्षा कार्यक्रमको लागि महिला स्वास्थ्य स्वयंसेविकालाई परिचालन गरिएको छ। जिल्ला निर्वाचन कार्यालय बागलुङका अनुसार निर्वाचन आयोगको निर्देशिका अनुसार वडामै कार्यरत स्वास्थ्य स्वंयसेविकालाई मतदाता शिक्षाको जिम्मा दिइएको हो। बागलुङमा शुक्रबारदेखि ८५ वटा वडामा महिला स्वास्थ्य स्वंयसेविकाहरुले मतदातालाई कसरी मतदान गर्ने बारेमा जानकारी गराउन सुरु गरेका छन्। 

जिल्ला निर्वाचन कार्यालय बागलुङका प्रमुख यज्ञ रिजालले स्वास्थ्य स्वंयसेविकाहरुले मतदाता शिक्षाको काम सुरु गरेको बताए। ‘मतदाता शिक्षाको लागि छनोट भएका महिला स्वास्थ्य स्वंयसेविकालाई मतदाता शिक्षा सहजीकरण तालिम प्रदान गरिएको छ,’ प्रमुख रिजालले भने, ‘स्वंयसेविकालाई सिकाइ सामाग्री सहित जिल्लाका ८५ वटै वडाका टोलटोलमा तालिमको लागि खटाइएको छ।’ 

प्रमुख रिजालले मतदान गर्न सिकाउने र बदर मत कम गर्न मतदाता शिक्षाले सहयोग पुर्‍याउने बताए। ‘४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मतदाताहरुले हालेको मतदान बदर नहोस् भनेर मतदाता शिक्षा दिइएको हो', प्रमुख रिजालले भने, ‘महिला स्वास्थ्य स्वंयसेविकाहरुले घरघरमा पुगेर स्वास्थ्यको काम गरिरिहेकोले पनि मतदाता शिक्षा पनि घरघरमै पुगेर सिकाउन सक्ने भएकाले उहाँहरुलाई परिचालन गरिएको हो।’ 

मतदाता शिक्षा कार्यक्रम संचालन गर्दा लाग्ने खर्च तथा आवश्यक साधन स्रोत र जनशक्तिको व्यस्थापन सम्बन्धित स्थानीय तहले व्यवस्था गर्नुपर्ने आयोगले जनाएको छ। मतदाता शिक्षा कार्यक्रम निर्देशिका अनुसार स्थानीय तहका वडाहरुमा १५ दिनसम्म कार्यक्रम संचालन हुने जिल्ला निर्वाचन कार्यालयका प्रमुख रिजालले बताए। उनले आयोगको निर्देशिका अनुसार मतदाता शिक्षा कार्यक्रमको समन्वय गर्न जिल्ला स्तरीय समिति, मतदाता शिक्षा समन्वय समिति (स्थानीय तहस्तर) र मतदाता शिक्षा संचालन समिति (वडा स्तर)को व्यवस्था गरिएको बताए। 

निर्वाचन कार्यालय प्रमख रिजालका अनुसार जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय समिति छ। जसको सदस्यमा जिल्ला समन्वय समितिको सदस्य, सदरमुकाम स्थित स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत, पत्रकार महासंघको प्रतिनिधि र जिल्ला निर्वाचन अधिकारी सदस्य सचिव रहने व्यवस्था छ। यस्तै स्थानीय तहमा सम्बन्धीयत स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत संयोजकमा चार सदस्यीय र वडा तहमा वडा सचिवको संयोजकत्वमा तीन सदस्य समन्वय समिति गठन गरिएको छ। समितिले निर्वाचन शिक्षाको लागि आवश्यक समन्वय तथा अनुगमनको काम गर्नेछ। स्वयसेवकहरुले मतदान गर्ने, मतपत्र मतपेटिकामा खसाल्ने, मतदान केन्द्रसम्म पुग्ने लगायतका निर्वाचन प्रक्रियाको बारेमा मतदातालाई जानकारी दिनेछन्।

निर्वाचन कार्यक्रम अनुसार बागलुङका दश वटै स्थानीय तहले निर्वाचन सम्पर्क व्यक्ति तोकिएको छ। सम्पर्क व्यक्तिमा काठेखोला गाउँपालिकाले मनोज कार्की, बागलुङ नगरपालिकाले ससबहादुर पुन, निसीखोला गाउँपालिकाले पुरुषोत्तम गौतम, तमानखोला गाउँपालिकाले मुना विश्वकर्मा, ढोरपाटन नगरपालिकाले चण्डरीराज पौडेललाई तोकिएको छ। यस्तै बडिगाड गाउँपालिकाले पूर्णबहादुर घर्ती, ताराखोला गाउँपालिकाले जितबहादुर सुनार, गलकोट नगरपालिकाले रुद्र नारायण सापकोटा, बरेङ गाउँपालिकाले सूर्यप्रसाद शर्मा र जैमिनी नगरपालिकाले पृथी बहादुर थापालाई निर्वाचन सम्पर्क व्यक्ति तोकिएको जिल्ला निर्वाचन कार्यालय बागलुङका प्रमुख रिजालले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.