भीमफेदीमा एक जनाको शव फेला
हेटौंडा : मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर–८ कोगटेस्थित दोभान खोलामा एक जनाको शव फेला परेको छ।
इन्द्रसरोवर गाउँपालिका वडा नम्वर–३ काप्राङ बस्ने ५७ वर्षीय संचार थिङको शव सोमबार साँझ खोलाको किनारमा सडेको अवस्थामा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए।
मृतक थिङ गएको कार्तिक २ गते आफुखुसी घरबाट निस्किएका थिए। उनी सोही दिनदेखि बेपत्ता भएको भएपनि प्रहरीमा उनको खोजी गरिदिन कुनै उजुरी नपरेको प्रवक्ता कार्कीले बताए।
शवलाई पोष्टमार्टमको लागि हेटौंडा अस्पतालस्थित शव गृहमा ल्याइएको छ। घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस !