दार्चुला पुगेर प्रचण्डले भने- चुच्चे नक्सा मैले बनाएको हो, ओलीले होइन

दार्चुला पुगेर प्रचण्डले भने- चुच्चे नक्सा मैले बनाएको हो, ओलीले होइन

दार्चुला : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले कालापानी,लिपुलेक र लिम्पियाधुरा नेपालको नक्सामा समेट्न आफूले पहल गरेको दावी गरेका छन्।

उनले आफ्नै कारणले नेपालको चुच्चे नक्सा बनेको दावी गरेका हुन्।

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको चुनावी सभालाई सम्बोधन गर्न दार्चुला पुगेका अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।

उनले भने,'ओलीले आफूले चुच्चे नक्सा बनाए भनेर हल्ला फिजाए। त्यो झुटो हो। मेरै पहलमा चुच्चे नक्सा बनेको हो।'

उनले चुनाव जित्न नभइ नेकपा एमालेका अध्यक्ष केपी ओलीको दम्भ रोक्न गठबन्धन गरेको बताएका छन्। 

'चुनाव जित्न गठबन्धन गरेको होइन, ओलीको दम्भ रोक्न गठबन्धन गरेको हो ,' उनले भने,' अहिले ओली मत माग्न हारगुहार गरिरहेका छन्।

दार्चुलामा प्रतिनिधिसभा सदस्यका लागि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू तथा प्रदेशसभा (क) मा कांग्रेसका विक्रमसिंह धामी र प्रदेशसभा (ख) मा माओवादी केन्द्रका मानबहादुर धामी चुनावी मैदानमा छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.