दार्चुलामा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप, ४ घाइते

दार्चुलामा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप, ४ घाइते

दार्चुला : दार्चुलामा नेकपा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ। जिल्लाको अपिहिमाल गाउँपालिका-५ ओखलमा चुनावी प्रचारप्रसारका क्रममा झडप हुँदा ४ जना घाइते भएका छन्। 

गठबन्धनका कार्यकर्ताले नेकपा एमालेका प्रदेश सभा क्षेत्र नम्बर २ का उम्मेदवार राम दत्त जोशीको टोलीलाई आफ्नो क्षेत्रमा प्रचार गर्न अवरोध गरेपछि झडप भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। 

झडपमा परी गठबन्धनका कार्यकर्ता अपिहिमाल गाउँपालिका-६ का जहेन्द्र धामी, सोही ठाउँका जगत धामी र एमालेका कार्यकर्ता मार्मा गाउँपालिका-३ का वीरेन्द्र विष्ट र शैल्यशिखर नगरपालिका-९ का सुरेश बादी घाइते भएको प्रहरीले जनाएको छ। 

घाइतेहरुको लटिनाथ अस्पतालमा उपचार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.