चितवनमा म्याजिक र मोटरासाइकल ठोक्किंदा दुई जनाको मृत्यु

चितवनमा म्याजिक र मोटरासाइकल ठोक्किंदा दुई जनाको मृत्यु

चितवन : सवारी दुर्घटनामा परी चितवनमा दुई जनाको मृत्यु भएको छ। पश्चिम चितवको रामपुरमा यात्रुवाहक म्याजिक गाडी र मोटरसाइकल ठक्कर खाँदा एक जानको घटनास्थलमा र अर्कोको उपचारको क्रममा अस्पतालमा ज्यान गएको हो। 

बिहीबार साँझ भरतपुर महानगरपालिका वडा नम्बर १५ रामपुर कृषि क्याम्पस अगाडि भरतपुरबाट शारदानागरतर्फ जाँदै गरेको  ना १ ज ५६०५ नम्बरको म्याजिकले  विपरित दिशातर्फ जाँदै गरेको  ना ३३ प २५३ नम्बरको  मोटरसाइकललाई ठक्कर दिएको थियो। 

दुर्घटनामा म्याजिकमा चढेका स्याङ्जाका २४ वर्षीय नविन नेपालीलाई उपचारको लागि भरतपुर लाँदै गर्दा बाटोमा मृत्यु भएको हो। मोटरसाइकल चालक भरतपुर ५ का ४० वर्षीय यज्ञ शर्माको नयाँ मेडिकल कलेजमा उपचारको क्रममा राती नै मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता विवयराज पण्डितले बताए। 

घटनामा भरतपुर महानगरपालिका २० का आशिष नेपाली र मोटरसाइकलको पछाडी चढेका भरतपुर ५ का श्याम खरेलको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। म्याजिक चालक प्रहरीको नियन्त्रणमा छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.