फोहोरको बोरामा शिशुको शव भेटियो

फोहोरको बोरामा शिशुको शव भेटियो

हेटौंडा : मकवानपुरको हेटौंडा-१० राप्ती किनारमा शिशु (बालिका) को शव फेला परेको छ। 

शुक्रबार बिहान फोहोरको बोराभित्र सालनालसहित शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए। 

हेटौंडा उपमहानगरपालिकाले फोहोर संकलन गरी व्यवस्थापन गर्ने स्थानमा शव फेला परेको प्रवक्ता कार्कीले बताए। 

ना ४ त २६९८ नम्बरको ट्याक्टरले हेटौंडाको विभिन्न स्थानबाट संकलन गरी व्यवस्थापनका लागि राप्ती किनारमा ल्याएको फोहोरको बोरामा शिशुको शव भेटिएको हो। 

पोस्टमार्टमका लागि हेटौंडा अस्पतालस्थित शव गृहमा ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता कार्कीले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.