नेतालाई माझी बस्तीको भोट मात्रै प्यारो

नेतालाई माझी बस्तीको भोट मात्रै प्यारो

बागलुङ : बागलुङ सदरमुकामदेखि करिब पाँच किलोमिटर टाढा रहेको माझी बस्तीमा राजनीतिक दलका नेता कार्यकर्ताहरूको चहलपहल बढ्दो छ। प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै आफ्नो पार्टीका उम्मेदवारलाई मत माग्न जाने स्थानीय नेता कार्यकर्ताको आवतजावतले बस्ती सुनसान हुन पाएको छैन। 

बागलुङ नगरपालिका–१ खनियाँबासमा रहेको बस्तीमा स्थानीय नेता, कार्यकर्ता आफ्नो पार्टीका उम्मेदवारलाई मत माग्दै दैनिक जाने गरे पनि स्वयं उम्मेदवार भने भोटको अपिल गर्न पुगेका छैनन्। विस्थापित भएको करिब तीन दशकपछि आफ्नै थातथलोमा फर्किएका माझी समुदायलाई राजनीतिक दलहरूले एकीकृत बस्ती निर्माण गरी घर उपलब्ध गराएको भन्ने जश लिँदैभोट माग्ने गर्छन्। 

२०४८ सालमा बागलुङ–पोखरा राजमार्ग निर्माण गर्दा खनियाँबासमा रहेको माझी बस्ती विस्थापित भएका थिए। तीन दशक बागलुङ नगरपालिका–१ बाङ्गेचौर खेलमैदानको पूर्वपट्टिको भागमा सुकुम्बासी जीवन बिताएमा माझीहरूलाई २०७५ सालमा बागलुङ नगरपालिकाले एकीकृत बस्ती निर्माण गरी घरजग्गा धनी लालपुर्जासहित पुरानै ठाउँमा पुनस्र्थापना गरेको थियो।

एकीकृत बस्ती निर्माणसँगै थप पूर्वाधार र रोजगारी नै माझी समुदायको मुख्य समस्या हो। माझी समुदायमा तत्कालीन माग नै दलका उम्मेदवारलाई भोट माग्न तगारो बनेका छन्। ‘सबैलाई हाम्रो भोट चाहिन्छ, तर हाम्रा माग पूरा हुँदैनन्’ स्थानीय देउकुमारी माझीले भनिन्, ‘हाम्रो भोट प्यारो, समस्या तगारो मान्नु हुन्छ।’

बस्तीमा १८ घर छन्। १४ घर बस्ती व्यवस्थापनबाट र चार घर जनता आवास कार्यक्रमबाट निर्माण गरिएको हो। नगरपालिकाले खरिद गरेको जग्गामा घर निर्माण गरेका गमसिंह माझी, रामबहादुर माझी र यमबहादुर माझीले लालपुर्जा पाएका छैनन्। बस्तीमा ४० भोट छन्। धेरै संख्यामा मत संख्या हुँदा राजनीतिक दल लोभिएका छन्। निर्वाचनका बेला भोट माग्न आए पनि जितेपछि फर्केर नआएको देउकुमारी माझीको गुनासो छ। ‘भोट माग्न उम्मेदवारहरू आउँछन् तर जितेर गएपछि उनीहरूको नाक, मुख देख्न पनि पाइँदैन’, माझीले भनिन्, ‘हामीले देखे पनि उहाँहरूले देख्नुपर्छ भनेर परपर हेरेर हिँड्ने गर्नुहुन्छ।’

स्थानीय तहको पहलमा माझी बस्ती पुग्ने पक्की सडक निर्माण र ढलको व्यवस्थाको काम भइरहेको छ। निर्माणको काम आधा सकिएको स्थानीय कृष्ण माझीले जानकारी दिए। बस्तीमा ‘एक घर एक धारा’ र केन्द्रीय विद्युत् जडान गरिएको छ। बस्तीको लागि आधारभूत पूर्वाधार क्रमागत रूपले निर्माण भए पनि मुख्य समस्या रोजगारीको अवसर भएको माझीको भनाइ छ। रोजगारी भए शिक्षा र स्वास्थ्यलाई सँगसँगै लैजान सक्छौं।’

‘चुनाव जितेर गएपछि फर्केर नआउँदा साह्रै चित्त दुख्छ’, ७३ वर्र्षीय देउकला माझीले भनिन्, ‘हाम्रा पनि आवश्यकता पूरा गर्नु प¥यो।’ भोट माग्न आउनेलाई बस्तीका युवाहरूलाई रोजगारीको व्यवस्था गरिदिन माग राख्ने उनले बताइन्। कृष्ण माझीले भने, ‘चुनावमा माग पूरा गरिदिने वाचा गर्नुहुन्छ तर जितेपछि फर्केर आउनु हुँदैन।’ आयआर्जनको लागि लायन्स क्लबले आयआर्जनको लागि कुखुरा र बाख्रापालन गर्न सहयोग गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.