भूकम्पका बेला भाग्न खोज्दा लडेर मृत्यु
![भूकम्पका बेला भाग्न खोज्दा लडेर मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/DilasainiMritue_20221113151813_0qg5nwzWBp.jpg)
बैतडी : बैतडीमा शनिबार भूकम्प गएपछि घरबाहिर भाग्ने क्रममा लडेर एक जनाको मृत्यु भएको छ।
भूकम्पको धक्का महसूस भएका बेला घरबाहिर निस्किदा घरको सिडिबाट लडेर डिलासैनी-१ सेल्तडाका ६६ वर्षीय हरि लुहारको मृत्यु भएको हो।
भूकम्प गएको बेलामा आत्तिएर घर बाहिर निस्किन खोज्दा लडेर उनको मृत्यु भएको डिलासैनी गाउँपालिकाका अध्यक्ष सन्तोष प्रकाश जोशीले जानकारी दिए।
लुहारको टाउकोमा चोट लागेको छ। गम्भीर घाइते भएका उनलाई अस्पताल लैजान लागिएको र सोहीबेला मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।
गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशी, उपाध्यक्ष भगीरथ बोहरा लगायतको टोली घरमा गएर मृतकका परिवारलाई २० हजार किरिया खर्च हस्तान्तरण गरेका छन्।
यस्तै नेपाल रेडक्रस सोसाइटी, स्काउट लगायतका संघसंस्थाले मृतकका परिवारलाई केही खाद्यान्न सामग्री सहयोग गरेका छन्।
शनिबार राती ८ बजेर १२ मिनेटमा बैतडीसहित सुदूरपश्चिममा हिजो ठुलो धक्का महसूस गरिएको थियो। बझाङको पाटादेवल केन्द्रबिन्दु भएर ५.४ म्याग्नुच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)