गोरखाका दुई जनालाई मन्त्री बनाउँछु, जिताइदिनुस् : प्रचण्ड

गोरखाका दुई जनालाई मन्त्री बनाउँछु, जिताइदिनुस् : प्रचण्ड

गोरखा : पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफू र कांग्रेसका सभापति शेरबहादुर देउवा मिलेपछि 'नेपालमा गर्न नसकिने केही नरहेको' दाबी गरेका छन्। 

चुनाव प्रचारप्रसारका क्रममा आइतबार हेलिकोप्टर चार्टर गरी चुमनुब्री-३ सिर्दिबासको फिलिम पुगेका प्रचण्डले सभामा बोल्दै आफूहरु दुई मिलेपछि नेपालमा सबै काम गर्न सम्भव हुने बताएका हुन्।

'गोरखाको विकासका निम्ति राजेन्द्र बजगाईंलाई केन्द्रमा र नन्द न्यौपानेलाई प्रदेशमा मन्त्री बनाई विकासको जिम्मा दिइनेछ। यो प्रस्ताव म शेरबहादुर देउवाजीसँग राख्नेछु', स्थानीय भेषभुषमा सजिएका प्रचण्डले सभामा बोल्दै भने, 'अहिले नेपालमा शेरबहादुर देउवा र प्रचण्ड मिलेपछि नहुने केही पनि छैन।' 

उनले प्रतिनिधिसभाका उम्मेद्वार राजेन्द्र बजगाईँलाई र प्रदेशसभाका उम्मेदवार नन्दप्रसाद न्यौपानेलाई रुखमा मतदान गर्न र समानुपातिकमा नेकपा माओवादी केन्द्रलाई हँसिया हथौडामा मतदान गर्न आग्रह गरे। 

जनताले जिताएपछि दुवै जनालाई मन्त्री बनाउने जिम्मेवारी आफूले लिने उनको दाबी थियो। आफू जहाँ गयो त्यहीँका स्थानीयवासीले विज्ञप्तिमार्फत विभिन्न समस्या राखी समाधानको माग गरेकाले आफू त्यसप्रति संवेदनशील रहेको उनको भनाइ थियो।

उनले यसअघि चुमनुब्रीकै छेकम्पार, सामागाउँको चुनावी सभामा सम्बोधन गरेका थिए। त्यहाँबाट उनी धार्चेको माछाखोला र बारपाकको चुनावी सभामा सहभागी भई सहिदलखनको घैरुङको चुनावी सभामा सम्बोधन गर्ने कार्यक्रम छ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.