'हाम्रालाई होइन, राम्रालाई भोट दिऔं'

'हाम्रालाई होइन, राम्रालाई भोट दिऔं'

भक्तपुर : आम मतदातामाझ जनचेतना जगाउने उद्देश्यले तयार परिएको नाटक चुनावदेखि चुनावसम्मको मञ्चन गरिएको छ । भक्तपुरको दतात्रयमा नाटक मञ्चन गरिएको हो । 
नाटक कुनै वाद र विचारबाट प्रभावित देखिदैन । नाटकले कुनै पार्टीको पक्ष नलिएको मात्रै होइन, स्वतन्त्र उम्मेदवारीको लहरसँग पनि सम्बन्धित देखिदैन ।

चुनावमा राजनीतिक दलहरुले जनतालाई ठूला आश्वासन र असम्भव प्रायः सपना देखाउने तर पूरा नगर्ने विषयमा नाटक केन्द्रित छ । दलहरुले गरेका बाचा र जनताको वास्तविकता अवस्था नाटकका माध्यमबाट देखाउन खोजिएको छ । कलाका माध्यमबाट मतदातालाई सचेत र जागरुक बनाउने उद्देश्यले नाटक प्रदर्शन गरिएको जनाएको छ ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी युवा कलाकारको समूहले तयार पारेको सडक नाटक कात्तिक ३० गतेसम्म काठमाडौं उपत्यका र उपत्यका बाहिरका विभिन्न स्थानमा प्रदर्शन हुने जनाइएको छ । काठमाडौं उपत्यकाभित्र नाटक बसन्तपुर, पाटन दरबार स्क्वायर, भक्तपुर दरवार स्क्वायर , कलंकी, नयाँबसपार्क, माइतीघर मण्डला, नयाँ बानेश्वर, कोटेश्वर, रत्नपार्कलगायत स्थानमा प्रस्तुत गरिने जनाएको छ । 

नाटकले लोकतन्त्र, गणतन्त्र, संघीयताको मर्म अनुकूल नागरिक जीवनमा अपेक्षित सकारात्मक प्रभावन देखिएको विषयमा जोड दिइएको छ । देश संघीयतामा गएपछि पनि उखु बेचेको रकमको भुक्तानी तथा मल बिउका लागि किसान काठमाडौंमा आएर संघर्ष गर्नुपर्ने बाध्यता, मिटर व्याज पीडितको आन्दोलन, बढ्दो बलात्कार, द्वन्द्व पीडितका मुद्दा, नागरिकता पीडितको संघर्ष, मौलिक हकको कार्यान्वयनमा सरकारको उदासिनता, महङ्गी तथा भष्ट्राचार, रोजगारी नपाएर विदेशिनुपर्ने विडम्बनापूर्ण अवस्था, सरकारी ढिलासुस्ती र झन्झट, भीभीआईपी सवारीका नाममा नागरिकले सामना गर्नुपरको सास्ती, निर्वाचनका बेला मतपत्र पुग्ने तर पुस्तक नपुग्ने समस्यालगायत विषय नाटक मार्फत प्रस्तुत गर्न खोजिएको छ ।

कुनै संस्थाबाट आर्थिक सहयोग नलिइ प्रशिक्षार्थी कलाकारबाटै रकम संकलन गरी नाटकसम्बन्धी खर्च व्यवस्थापन हुँदै आएको नाटकका संयोजक बिष्णु बसौलाले जनाए । सडक नाटकपछि दानपेटिकामा संकलन भएको रकम समेत सामाजिक कार्यमा खर्च गर्ने कलाकारहरुको योजना रहेको उनले सुनाए । 

नागरिकलाई सुसुचित गराउने र समाजका वेथितीविरुद्ध युवा समूहले आगामी दिनमा समेत विभिन्न रचनात्मक खबरदारी अभियान गर्ने जनाएका छन् । आशिष घिमिरे, कैलाशकुमार कार्की र दीपेन्द्रदेभ पौडेलद्धारा लिखित करिब २५ मिनेटको नाटकको परिकल्पनाकार र सुत्राधार विष्णु बसौला हुन् । 

नाटकको मुख्य सार 'हाम्रालाई होइन राम्रालाई भोट' दिन आह्वान गरिएको छ । नाटकमा एसके शर्मा, माधवभुर्तेल, भुवन आचार्य, अनिश विमली, आकांक्षा क्षेत्री, मनोज घिमिरे, शिक्षा मन्याल, ज्योती खड्का, विनिता कोइराला, जस्टिन बोगटी, आशिष घिमिरे, कैलाशकुमार कार्की र दीपेन्द्रदेभ पौडेल, पूजा तिवारी, प्रदिप एडी, शुभान्त घिमिरे, एस बोगटीको अभिनय रहेको छ ।

यसका साथै नाटकको व्यवस्थापनमा एलिजा तुम्बापो, बिजय साही, विश्वास मानन्धर रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.