सवारी ज्यान मुद्धाका फरार प्रतिवादी ४ वर्षपछि पक्राउ
जाजरकोट : जाजरकोटमा सवारी ज्यान मुद्धाका एक फरार प्रतिवादी चार वर्षपछि पक्राउ परेका छन् । भेरी नगरपालिका ३ स्याला निवासी २०वर्षीय राजेन्द्र सुनारलाई प्रहरीले पक्राउ गरेको हो ।
घरमै लुकिछिपी बसेको अवस्थामा अस्थायी प्रहरी पोष्ट स्यालाबाट खटिएको प्रहरी टोलीले सुनारलाई पक्राउ गरेको हो । उनलाई जिल्ला अदालतमा उपस्थित गराई अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ ।
२०७५ साल कार्तिक २३ गते बस चलाउने क्रममा गाडीबाट खसेर एक जना यात्रुको मृत्यु भएको थियो । उनी त्यस बसका चालक हुन् । यात्रुकको मृत्यु भएपछि फरार रहेका उनलाई सवारी ज्यान सम्बन्धी मुद्धा चलाइएको जिल्ला प्रहरी प्रमुख डिएस्पी सन्तोष निरौलाले बताए ।