डिजिटल कारोबारमा फड्को

डिजिटल कारोबारमा फड्को

काठमाडौं : बैंकिङ प्रणालीमार्फत डिजिटल भुक्तानी गर्ने विभिन्न उपकरण बढेसँगै कारोबार गर्ने पनि बढेका छन्। नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने नीतिमा जोड दिएसँगै  कारोबारले फड्को मारेको छ।

असोजसम्ममा मात्रै क्यूआर कोड (क्विक रेस्पोन्स)मा आधारित भुक्तानी वार्षिक २१४.८ प्रतिशतले बढेको छ। पोहोर असोजमा कारोबार संख्या १५ लाख १५ हजार थियो। हाल ४७ लाख ७० हजार पुगेको राष्ट्र बैंकले बताएको छ।  क्यूआर कोडको प्रयोगबाट १७ अर्ब ३३ करोड ७० लाख रुपैयाँ कारोबार भएको छ। पोहोर ६ अर्ब ९ करोड ७० लाख रुपैयाँ कारोबार भएको थियो। 

दुई वर्षदेखि अधिकांश बैंकले तरकारी पसल, चिया पसल, डिपार्टमेन्टल स्टोरसम्म क्यूआर कोडको व्यवस्था गर्दै आएका थिए। क्यूआर कोडमार्फत भुक्तानी गर्न अनिवार्य रूपमा स्मार्ट फोनको आवश्यकता पर्छ। क्यूआर भनेको तत्कालै प्रतिक्रिया जनाउने अर्थात् तत्कालै भुक्तानी गर्न सकिने उपयुक्त माध्यम हो। 

यसबाहेक डिजिटल कारोबार हुने अन्य माध्यम वालेट, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएस, पोइन्ट अफ सेल्स, क्रेडिट कार्ड, डेबिट कार्ड, प्रिपेड कार्डलगायतबाट हुने कारोबारसमेत बढेको छ। राष्ट्र बैंकको तथ्यांकअनुसार एकै वर्षको अन्तरालमा मोबाइल बैंकिङमार्फत कारोबार रकम र प्रयोगकर्ताको संख्या ५१.९ प्रतिशतले बढेको छ। असोजसम्मसम्ममा २ करोड ९ लाख ९३ हजार ग्राहकले मोबाइल बैंकिङ कारोबार गर्न आवेदन दर्ता गरेका छन्। 

उक्त ग्राहकबाट १ खर्ब ६२ अर्ब १३ करोड रुपैयाँबराबरको कारोबार मोबाइल बैंकिङमार्फत भएको छ। कारोबार रकममा पनि ८४.८१ प्रतिशतले वृद्धि भएको छ। कनेक्ट आईपीएसमार्फत ४० लाख १३ हजार ३ सय पटक कारोबार हँदा ३ खर्ब ७ अर्ब २७ करोड रुपैयाँ कारोबार भएको छ। यो कारोबार रकम गत वर्षको भन्दा २८.४९ प्रतिशतले बढी हो। गत वर्षको सोही अवधिमा ३५ लाख १० हजार पटकमा २ खर्ब ३९ अर्ब १४ करोड ८० लाख रुपैयाँको कारोबार भएको थियो। यसैगरी, वालेटमार्फत १५.७६ प्रतिशतले कारोबारको संख्या बढेर १ कोड ५७ लाख ३० हजार हाराहारीमा पुगेको छ। 

उक्त संख्यामा १६ अर्ब ५६ करोड ८० लाख रुपैयाँको कारोबार भएको छ। यसैगरी डेबिट कार्ड, क्रेडिट कार्ड र प्रिपेड कार्डमार्फत हुने कारोबार पनि उल्लेख्य बढेको छ। तर डिजिटल उपकरणबाट कारोबार बढेसँगै चेकमार्फत हुने भुक्तानी भने घटेको छ। राष्ट्र बैंकको तथ्यांकअनुसार इलेक्ट्रोनिक चेक (ईसीसी) मार्फत हुने कारोबार संख्या मात्रै १९ प्रतिशतले घटेको छ। 

गत वर्षको असोजमा ११ लाख ६७ हजार ५ सय ५४ को संख्यामा भएको कारोबार संख्या घटेर ९ लाख ४५ हजार ६ सय ८६ मा सीमित भएको छ। संख्या घटेसँगै कुल कारोबार रकम पनि ३९.७९ प्रतिशतले घटेको छ। गत वर्षको असोजमा ८ खर्ब ३२ अर्ब ८९ करोड ५० लाख रुपैयाँबराबरको कारोबार भएकोमा घटेर ५ खर्ब १ अर्ब ४७ करोड रुपैयाँमा सीमित भएको छ। कोरोना महामारीपछि डिजिटल कारोबार फस्टाउँदै गएको छ। अझ विद्युतीय कारोबार गर्ने छनोट धेरै पनि भएको छ। जसले गर्दा विस्तारै कागजी चेकमार्फत हुने कारोबारमा पनि कमी आएको देखिन्छ। 

यसैक्रममा  विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, विद्युतीय भुक्तानी कारोबारका लागि गरिएको प्रोत्साहन र सर्वसाधारणको विद्युतीय भुक्तानी उपकरण प्रयोगमा बढ्दो अभ्यासका कारण विद्युतीय भुक्तानी कारोबार उल्लेखनीय रहेको केन्द्रीय बैंकको भनाइ छ। भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल विद्युतीय कारोबारलाई प्रोत्साहन गरेकाले कारोबार बढेको बताउँछन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.