मत हाल्न ८ घण्टा पैदल

मत हाल्न ८ घण्टा पैदल

तानसेन/भोजपुर : पाल्पाका २५ मतदानस्थलका मतदाताहरू ८ घण्टासम्म पैदल हिँडेर भोट हाल्न जानुपर्ने भएको छ। लामो बाटो हिँड्नु परेपछि वृद्ध, अशक्त, अपांगहरू मत दिन नै जाँदैनन्। मत राख्नै कठिन भइरहँदा पनि निर्वाचन आयोग, जिल्लाका क्रियाशील राजनीतिक दल, जिल्ला निर्वाचन कार्यालय, जिल्ला निर्वाचन सुरक्षा समितिले परम्परागत मतदानस्थललाई निरन्तरता दिँदा मतदाताहरू भोट हाल्न ८ घण्टासम्म हिँड्नु परेको हो।

वैशाख ३० को स्थानीय तह निर्वाचनमा मतदान केन्द्रहरूको अवस्था प्रत्यक्ष रूपमा अवलोकन गरेको निर्वाचन आयोगले कर्मकाण्डी तरिकाले पुरानै मतदान स्थललाई कायम गर्दा मतदाता भोट हाल्न लामो समय हिँड्न बाध्य भइरहेका छन्। निस्दी गाउँपालिका – १ बाकामलांग, २ सहलकोट, ३ झिरवास, ४ मित्याल, ५ गल्धा, ६ अर्चले र वडा नंं ७ ज्यामिरेका मतदातालाई मतदानस्थल पुगी मतदान गरी घरमा फर्किंदा ८ घण्टासम्म हिँड्नु पर्ने बाध्यता छ। निस्दी गाउँपालिकाको ७ वटा वडामध्ये ६ वटा वडामा एक मतदानस्थल मात्र कायम गरिएको छ। 

माथाँगढी गाउँपालिकाको अवस्था पनि उस्तै छ। पाल्पाको माथाँगढी ३ मा ४ हजार ३ सय ४७ मतदाता छन्, जसको लागि आयोगले दिव्यज्योति माविमा मात्र मतदानस्थल तोकेको छ। यहाँ ५ वटा केन्द्र छन्। जहाँ ओलेस, सिकारकोटजस्ता स्थानबाट मतदानको लागि सामान्य नागरिकलाई आवतजावत गर्न ८ घण्टा लाग्ने वडाध्यक्ष तेजबहादुर घर्तीले बताए। 

माथीगढीको– ५, गोठादी, ६ गोठादी, ७ रहवास, ८ बहादुरपुरमा पनि एक एक मतदानस्थल कायम गरिएको छ, यी वडाका मतदातालाई मतदान गर्न ४ देखि ८ घण्टासम्म हिँड्नुपर्ने बाध्यता रहेको गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले बताए। मतदानस्थल थप गर्न जिल्ला निर्वाचन कार्यालयमा सिफारिस गरे पनि मतदानस्थल थप नभएको अध्यक्ष चिदीले बताए।

 रम्भा गाउँपालिकाको ४ हुमिन र ५ ताहुँमा पनि एक, एक मतदानस्थल कायम गरिएको छ। रम्भा गाउँपालिका—५ ताहुँका मतदाता पनि कुमाल खर्क, छिस र फुरुङदीका मतदाता मतदान गरेर घरमा फर्किंदा ६ घण्टादेखि ८ घण्टासम्म लाग्ने गरेको छ। बूढाबूढी, अशक्त, बिरामी व्यक्तिहरू मतदानस्थल टाढा भएकै कारण भोट हाल्न नजाने गरेको वडाध्यक्ष खुमकान्त बस्यालले बताए। 

पूर्वखोला ४ देवीनगर र ६ हेक्लांगमा एकएक वटा मतदानस्थल तोकिएको छ। वडा नंं ४ देवीनगरका मातृभूमि माविमा २ हजार १ सय ४० मतदाताको लागि एक वटा मतदानस्थल तोकिएको छ। जल्पा, माडी फाँटका मतदाताहरू मत दिन ४ घण्टासम्म हिँड्नुपर्ने बाध्यता रहेको वडाध्यक्ष मेयर सिंह थापाले बताए। 

निर्वाचन आयोगले यसपटक टाढाटाढाका मतदाताहरूको लागि यातायात सञ्चालन गर्ने भने पनि अन्तिम समयमा मतदाताबाहेक अन्य व्यक्तिको लागि मात्र यातायात सुविधा दिएपछि टाढाटाढाका मतदाताहरूले खुट्टा खियाउनुपर्ने बाध्यता रहेको छ। ८ घण्टासम्म हिँड्नुपर्ने बाध्यताको कारण वलेस, सिकारकोटका अधिकांश घरपरिवारहरू एक घर एक भोट गर्न बाध्य भएका छन्।

पाल्पाको रिब्दीकोट ६ ठिमुरेको पोरक्नीका मतदाता पनि ६ घण्टा हिँडेर मतदान गर्नुपर्ने बाध्यता रहेको वडाध्यक्ष प्रकाश रायमाझीले बताए। रैनादेवी १ सिद्धेश्वरको असारे, साउनेका मतदाताहरू पनि ३ घण्टा हिँडेर मतदान गर्नुपर्ने अवस्था रहेको छ। 

भोट हाल्नै ४ घण्टा पैदल 

भोजपुरको दोभाने भौगोलिक हिसाबले विकट स्थानहरूमध्ये एक मानिन्छ। हरेक निर्वाचन नजिकिँदै जाँदा तिनै उत्तरी साल्पासिलिछो गाउँपालिका—५, दोभाने चिलिमधापका पासाङ तामाङलाई एकदमै पीर पर्छ।

घरदेखि झन्डै सवा ४ घण्टाको पैदल दूरीमा पर्ने इन्द्रावती मावि साल्पाफेदी दोभानेमा उनको मतदान केन्द्र पर्छ। पायक स्थानदेखि कोसौं टाढाको मतदान केन्द्रमा पुगेर घर आइपुग्न पूरै दिन बित्ने उनी सुनाउँछन्।

‘मतदाता भएर आफ्नो अधिकारको सदुपयोग गर्न पनि समस्या छ, मतदान गर्न जानै दिन बित्छ’ उनले भने, ‘पायक स्थानमा मतदान केन्द्र नतोकिँदा वर्षौंदेखि हरेक चुनावमा मतदान गर्नै सास्ती छ, हामीलाई मतदान गर्ने नैसर्गिक अधिकारभन्दा पनि बढी सास्ती हुने गर्छ’ पासाङलगायत उक्त चिलिमधापका करिब १८ घरका मतदाताको हविगत पनि उस्तै छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.