सोलुमा मतदान सुरु, चिसोले मतदाताको उपस्थिति न्यून
![सोलुमा मतदान सुरु, चिसोले मतदाताको उपस्थिति न्यून](https://annapurnapost.prixacdn.net/media/albums/solu-chunaw_20221120081509_1nuFVrYAFg.jpg)
सोलुखुम्बु : हिमाली जिल्ला सोलुखुम्बुमा पनि प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावको मतदान सुरु भएको छ । अन्य जिल्लाहरुमा जस्तै बिहान ७ बजेबाटै यहाँका धेरै जसो केन्द्रहरुमा मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यद्यपी चिसोका कारण मतदाताहरुको संख्या अत्यन्त न्यून रहेको छ। बिहानको अत्यन्त चिसो भएकाले सदरमुकाम सल्लेरी आसपासकै मतदान केन्द्रहरुमा समेत मतदाताको उपस्थिति न्यून रहेको मतदान अधिकृतहरुले बताएका छन् । तर विस्तारै मतदाताहरु आउने क्रम बढ्ने बाइएको छ ।
जिल्लाको सबै भन्दा अग्लो स्थानमा रहेको पाङबोचे आवि मतदान केन्द्रमा पनि अहिले मतदान सुरु भइसकेको मतदान अधिकृत ङवाङ दोर्जी बाहिङले जानकारी दिए । जिल्लामा १२२ मतदानस्थल र १३६ वटा मतदान केन्द्र छन् । ८१ हजार ५ सय २ जना मतदाता रहेको जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा गरि २० जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन् ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)